• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको निधन



तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसअघि उहाँ तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी पर्नुभएको हो । उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।