१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ भिमादको सक्रियता, धन्दुर सिद्धगुफामा सरसफाई अभियान



अ+ अ-

तनहुँ । सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा आज नेपालमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको हो । 

यसैबीच तनहुँको रोट्रयाक क्लब अफ भिमादले पनि भिमाद नगरपालिका वडा नं ७ र ९ मा अवस्थित सिद्धगुफा धन्दुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

रोट्रयाक क्लब अफ भिमादका अध्यक्ष दीपेन्द्र भण्डारीका अनुसार ‘स्वच्छ र हरियाली वातावरण बाँच्ने जीवनको आधार’ भन्ने मुल नारा सहित रोट्रयाक्ट क्लबका सम्पूर्ण सदस्यहरू मिलेर सरसफाई अभियान थालिएको हो । 

भिमाद नगरपालिकाको गौरवसँग जोडिएको भिजिट नेपाल २०२० अन्तर्गत १०० गन्तव्य मध्य पर्न सफल सिद्धगुफाको महत्त्व र प्राकृतिक सौन्दर्यता जोगाउन लागि सरसफाई कार्यक्रमको आयोजना गरेको उनी बताउँछन् । 

यस्तै कार्यक्रम संयोजक मनिष श्रेष्ठले विगतमा सिद्धगुफा धन्दुर चर्चामा आए पनि लकडाउनका कारण ओझेल परेको बताए । 

स्थानीय ठाउँमा रहेको पर्यटकीय महत्व बोकेको सिद्ध गुफा धन्धुरलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने सबैको दायित्व रहेको उनको भनाई छ । 

प्रचारप्रसारको अभावमा ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको मुलुककै सुन्दर चार तल्ले सिद्धगुफा ओझेलमा परेको छ ।

जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।