१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ भिमादको सक्रियता, धन्दुर सिद्धगुफामा सरसफाई अभियान



अ+ अ-

तनहुँ । सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा आज नेपालमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको हो । 

यसैबीच तनहुँको रोट्रयाक क्लब अफ भिमादले पनि भिमाद नगरपालिका वडा नं ७ र ९ मा अवस्थित सिद्धगुफा धन्दुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

रोट्रयाक क्लब अफ भिमादका अध्यक्ष दीपेन्द्र भण्डारीका अनुसार ‘स्वच्छ र हरियाली वातावरण बाँच्ने जीवनको आधार’ भन्ने मुल नारा सहित रोट्रयाक्ट क्लबका सम्पूर्ण सदस्यहरू मिलेर सरसफाई अभियान थालिएको हो । 

भिमाद नगरपालिकाको गौरवसँग जोडिएको भिजिट नेपाल २०२० अन्तर्गत १०० गन्तव्य मध्य पर्न सफल सिद्धगुफाको महत्त्व र प्राकृतिक सौन्दर्यता जोगाउन लागि सरसफाई कार्यक्रमको आयोजना गरेको उनी बताउँछन् । 

यस्तै कार्यक्रम संयोजक मनिष श्रेष्ठले विगतमा सिद्धगुफा धन्दुर चर्चामा आए पनि लकडाउनका कारण ओझेल परेको बताए । 

स्थानीय ठाउँमा रहेको पर्यटकीय महत्व बोकेको सिद्ध गुफा धन्धुरलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने सबैको दायित्व रहेको उनको भनाई छ । 

प्रचारप्रसारको अभावमा ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको मुलुककै सुन्दर चार तल्ले सिद्धगुफा ओझेलमा परेको छ ।

जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।