५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखापत्रका प्रधानसम्पादकलाई आयोगको स्पष्टीकरण पत्र



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले गोरखापत्र दैनिकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ ।

वैशाख २५ गते आइतबार प्रकाशित एक अन्तर्वार्तालाई लिएर आयोगले आचारसंहिता प्रतिकूल भएको भन्दै सो पत्रिकाका प्रधानसम्पादकलाई पत्र काटेको हो ।

‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा सो दैनिकले भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता प्रकाशन गरेको थियो । सो अन्तर्वार्ता प्रकाशन भएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

‘अन्तर्वार्ता उम्मेदवारको पक्षमा प्रचार प्रसार हुनेगरी छापिएको देखिन्छ’ आयोगले भनेको छ । ‘गोरखापत्र संस्थान गोरखापत्र संस्थान ऐन २०१९ अनुसार स्थापना भएको सार्वजनिक संस्थान हो ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ६ (क) अनुसार सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था छ’ आयोगको पत्रमा उल्लेख छ ।

‘निर्वाचन आचारसंहिता २०७८ को दफा २२, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथापत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने व्यवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘ऐन बमोजिम स्थापित सार्वजनिक संस्थानद्वारा प्रकाशित पत्रिकाले कुनै अमुक दल वा गठबन्धनका उम्मेदवारको एकपक्षीय अन्तरवार्ता प्रकाशित गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुन्छ, हुँदैन ? सार्वजनिक संस्थानको रुपमा स्थापित सञ्चारगृहले यसप्रकारबाट एक जनामात्र उम्मेदवारको अन्तरवार्ता प्रकाशन गर्नाले निज उम्मेदवारको प्रचार प्रसार हुन्छ कि हुँदैन ?’

आयोगले गोरखापत्र दैनिकका प्रधानसम्पादकलाई सम्बोधन गर्दै काटेको पत्रमा भनिएको छ, ‘गोरखापत्र संस्थानले अमुक दलका वा गठबन्धनका उम्मेदवारका भनाइहरु प्रचारात्मक रुपले सम्प्रेषण गर्नाले प्रेस स्वतन्त्रता संकुचित र कुण्ठित हुन्छ, हुँदैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’




भर्खरै