१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोपमा सांसद मोहन बानियाँ पक्राउ



अ+ अ-

काठमाडौं। । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ हो ।सांसद बानियाँ आजै साँझ काठमाडौं बाट नेपालगञ्ज जानु भएको थियो ।

माघ २७ गते ४० वर्षीया पीडित भनिएकी  महिलाले बानियाँले बलात्कार गरेको भन्दै  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।बानियाँ र पीडित भनिएका महिला बीच लेनदेनको बिवाद रहि आएको थियो ।

लेनदिनको बिषयमा बिवादका बीच रकम लिन होटलमा बोलाएर बलत्कार गरेको आरोप लागेको थियो ।