१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह



अ+ अ-

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ ।

गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”

आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उहाँले बताउनुभयो ।