५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट सीता जयन्तीका अवसरमा शुभकामना



file
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिनुभएको हो ।

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।

माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ ।

युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका परम्परा वा संस्कृतिमा रूपान्तरण हुन्छन् । वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ । सनातन संस्कृतिमा नारी शक्तिको महत्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नुपर्ने शुभकाना सन्देशमा भनिएको छ ।

जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ । एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ । आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबैका लागि गौरवको विषय हो ।

सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानतालगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीले लिनुभएको छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणमा गरिएको छ ।




भर्खरै