६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रातो मछिन्द्रनाथको रथ आज लगनखेल लगिने

रातो मछिन्द्रनाथको रथ आज लगनखेल लगिने
file photo
अ+ अ-

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याइएको रथलाई त्यसतर्फ लैजान लागिएको हो ।

पुल्चोकबाट सुरु भएको मछिन्द्रनाथको त्रिलोक भ्रमण लगनखेलको जात्रा सकिएपछि सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार रथलाई लगनखेल पु¥याएर देवताको आमाको मन्दिर तीन पटक घुमाइने गरिन्छ । रथ लगनखेल पुगेपछि भ्याएमा आजै भूतबलि दिएर तानेर ल्याएपछि लगनखेलको जात्रा सुरु हुन्छ । बुधबार भूतबलि दिन नमिल्ने उहाँले बताउनुभयो । लगनखेलबाट तानेर रथलाई थटीको आरोलोमा राखिन्छ । “त्यसपछि छोयलबु र भोलिपल्ट भुज्या हुन्छ”, जोशीले भन्नुभयो ।

भुज्या सकिएपछि नरिवल खसाल्ने जात्रा हुन्छ । त्यसको भोलिपल्ट एकल महिलाको जात्रा हुन्छ । रथलाई चोकसम्म महिलाले तानेपछि लगनखेलको जात्रा सकिन्छ । त्रिलोक यात्रा सकिएपछि साइत हेरेर रथलाई जावलाखेल लगिने गरिएको छ । जावलाखेलमा नै मछिन्द्रनाथको सात गाउँको जात्रा वा भोटो जात्रा हुन्छ । रथयात्राका क्रममा रथ पुगेका ठाउँमा त्यहाँका बासिन्दाले हर्षोउल्लासका साथ जात्रा मनाउने गरेका छन् । गत बुधबार पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको थियो । रथारोहण भएको चौथो दिनमा रथ तान्न थालिएको हो ।

उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमित रुपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत दुई वर्ष साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यस वर्ष विधिपूर्वक गर्न लागिएको हो । स्थानीयवासी हर्षित र उत्साहित भएको सुवेदीले बताउनुभयो ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छ । उहाँले भन्नुभयो, “रथ यात्राका क्रममा झगडा नहोस् भनेर हामीले दलहरुसँग समन्वय गरिरहेका छौँ ।” चार दिन पहिले ९वैशाख शुक्ल प्रतिपदा० का दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । पहिले पहिले काठमाडौँवासी र भक्तपुरवासी पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन् । फरक फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झन्डै वर्षभर नै लाग्ने गरेको छ । यो वर्ष झन्डै रु ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ । मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । रथ नियमित रुपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम लाग्नसक्छ ।”

जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उहाँले बताउनुभयो । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् ।

जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उहाँले बताउनुभयो ।