१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी निर्वाचनः १६ वर्षपछि मर्केलको पार्टी पराजित



अ+ अ-

काठमाडौं । जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । 

उक्त निर्वाचनमा सेन्टर–लेफ्ट पार्टी सोसियल डेमोक्रेट्स (एसडीपी)ले चान्सलर एन्जेला मर्केलको पार्टीलाई झिनो मतअन्तरले पराजित गरेको प्रारम्भिक नतिजाले देखाएको छ ।

एसपीडीले निर्वाचनमा २५ दशमलव ७ मत प्राप्त गरेको र सत्तारुढ कन्जरभेटिभ सीडीयू÷सीएसयू ब्लकले २४ दशमलव १ प्रतिशत मत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

यस्तै ग्रिन पार्टीले १४ दशमलव ८ प्रतिशत मत पाएको बताइएको छ । यो पार्टीले इतिहासमै सबैभन्दा धेरै मत पाएको हो । 

योसँगै जर्मनीमा सरकार बन्न गठबन्धन हुनुपर्ने देखिएको छ । अब बन्ने नयाँ सरकारको कार्यकाल चार वर्षको हुनेछ ।