• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

गाउँपालिकाका वडाध्यक्ष घागामगरको निधन



खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो ।

घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उहाँलाई अस्पतालबाट गए राति घर ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहनुभएको थियो ।

घागामगर गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि हुनुहुन्थ्यो । कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगबाट पीडित घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । उहाँ २०२२ देखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । घागामगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले पार्टीलाई मात्र नभइ जिल्लालाई क्षति पुगेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताउनुभयो । उहाँको आजै दाहसंस्कार गरिएको बताइएको छ ।