६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनु पर्छ: कानूनमन्त्री बन्दी (भिडियोसहित)

न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनु पर्छ: कानूनमन्त्री बन्दी (भिडियोसहित)
अ+ अ-

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनुपर्ने बताउनुभएको छ ।

सोमबार कानून दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री शर्माले न्यायाधीशहरुको कार्यशैलीलाई राज्यले अडिट गर्नुपर्ने बताउनुभएको हो । राज्यले गरेको अडिटको आधारमा न्यायाधीशको भविष्य निर्धारण हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले न्यायपालिकाको सुधार गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री शर्माले भ्रष्टाचाररहित न्यायपालिका बनाउन सरकारको तर्फबाट भूमिका निभाउन आफू तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘जरुरी के हो भने जजेजहरुको पर्फमेन्स अडिट हुनुपर्छ । अपोइन्टमेन्ट गर्दा मात्र होइन, उनीहरु कसरी काम गरिरहेका छन् भन्ने पर्फमेन्स स्टेटबाट अथोराइज्ड एजेन्सी भनेको न्याय परिषद् नै हो उसले अडिट गर्नुपर्छ । अनि उसको पर्फमेन्सको आधारमा ऊ रहने, नरहने, अगाडी बढ्ने, पछाडी हट्ने यो सबै कुरा त्यहीँबाट डिटरमाइन गर्नुपर्छ । यसमा कमजोरी गर्नु हुँदैन । यसमा कुनै दलिय प्रभाव पर्नु हुँदैन । यहाँहरुलाई थाहा छ, मलाई त्यो सजिलो पनि छ । त्यस्तो कुनै प्रभाव मलाई पर्नेवाला छैन । त्यो भइसकेपछि मलाई लाग्छ सम्माननीयज्यूलाई र माननीय न्याय परिषद्का सदस्यहरुलाई अरु प्रभाव पर्दैन । आउने कानून मन्त्री मार्फत् हो । त्यो छिर्ने दुलो यही हो । तर यही स्ट्यान्डर्डबाट सम्माननीय प्रधानमन्त्री पनि न्यायपालिकामा गर्नुपर्ने सुधारका लागि प्रतिवद्ध हुनुहुन्छ । सिंगो नेपाल सरकार न्यायपालिकामा गर्नुपर्ने सुधारको लागि प्रतिवद्ध छ । भ्रष्टाचाररहित न्यायपालिका बनाउने कुरामा सरकारको तर्फबाट गर्नुपर्ने भुमिकाको लागि नेपाल सरकार तयार रहेको छ ।’

उहाँले अब कानून व्यवसायको प्रमाणपत्र बोकेको आधारमा न्यायाधीशको नियुक्ति नगरिने पनि बताउनुभयो । मन्त्री शर्माले अदालतले बेञ्चको समय बढाउने हो भने सरकार अतिरिक्त पैसा दिन तयार रहेको बताउनुभयो ।

गोष्ठिमा बोल्दै का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताउनुभयो । उहाँले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधिश नियुक्त गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोलाप्रथामा कुनै शंका नगर्न आग्रह गर्नुभयो । गोलाप्रथा पारदर्शी भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘न्यायाधीश नियुक्तिको विषयमा अब हामीले क्वालिटी खोजिरहेका छौँ । कानून व्यवसाय नै गरेर आउनु भएको छ, त्यसमा पनि हामी क्वालिटी हेर्छौ । यहाँहरुलाई विश्वास दिलाउन चाहान्छु खल्तीबाट नाम निकालेर ट्वाक ट्वाक चाहीँ हुनेवाला छैन । हामीले प्रतिवद्धता गरिसक्यौँ न्यायाधीश नियुक्ती गर्दाखेरी क्वालिटी भएकोलाई नियुक्ति गर्ने । गोलाप्रथा चलिरहेको छ । गोलामा शंका नगरीदिनु होला । शंका गर्नुपर्ने कुनैपनि स्थिति छैन । यति पारदर्शी छ । त्यसका शंका गर्ने कुरा केही पनि छैन ।’

उहाँले सर्वोच्च अदालतमा समस्याको भण्डार रहेको उल्लेख गर्दै क्रमशः सुधारका कामहरु भइरहेको बताउनुभयो ।