२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी



अ+ अ-

ललितपुर । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ ।

ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित सम्बन्धित पालिकामा पठाइएको उहाँले जानकारी दिनुभयो । महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका कर्मचारी आवश्यक मतदान सामग्रीसहित मतदानस्थल तर्फ गएको र नजिकै रहेको गोदाबरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मतदानस्थलमा खटिने कर्मचारीलाई पनि आज र भोलिसम्ममा सबै सामग्रीसहित मतदान केन्द्रमा खटिइसक्ने उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमला घिमिरेले मतदानस्थलमा खटिने कर्मचारी आजै सवारीसाधनको व्यवस्था गर्दै निर्वाचन सामग्री लिएर कार्यस्थलमा गएको बताउनुभयो । उहाँले ५८ प्रकारका मतदान सामग्रीसहितको सुरक्षाकर्मीको टोली मतदानस्थलमा पठाइएको बताउनुभयो ।

भोलि प्रत्येक पालिकामा निर्वाचन अधिकृतसहित सर्वदलीय बैठक राख्ने, तीन दिन अगावै सूचना टाँस गर्नेलगायत आयोगले तोकेको काम गर्न निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थलमा पुगेर सबै तयारीमा लाग्ने उहाँले बताउनुभयो । ललितपुरमा रहेका कूल १३१ मतदानस्थल र २८८ मतदान केन्द्रमा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाचनको तयारी पूरा गरेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कर्मचारी, एक सहयोगीका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिनुभयो । आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ । कार्यस्थलमा खटिएका कर्मचारीलाई दुई दिनको तालिमसमेत दिएर परिचालन गरिएको छ ।