२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने



अ+ अ-

काठमाडौँ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो । 

आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०का महासचिव शिशिर खनालले राससलाई जानकारी दिनुभयो । उक्त कार्यक्रमअन्तर्गत   रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाईड एवं कर्मचारीले काम पाउनेछन् । उनीहरुले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ । 

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ । (रासस)