१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फिल्मको प्रदर्शन मितिमा विदेशी फिल्मलाई बन्देज



अ+ अ-

काठमाडौं । कोभिड–१९ को कारण लामो समयदेखि बन्द रहेका सिनेमा हललाई गत महिनाबाट काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले सञ्चालन गर्न अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु भने बन्द रहन बाध्य छन् । 

नेपाल चलचित्र संघ लामो समयदेखि फिल्म रिलिजका लागि विभिन्न पक्षसँग छलफलमा सक्रिय रहँदै आएको छ । चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको छ । 
 
आइतबार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले १८ महिनादेखि फिल्म प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब २ हप्ताको अन्तरालमा फिल्म रिलिज गर्ने निर्णय गरेको हो ।

नेपाली फिल्मले तोकेको मितिमा विदेशी फिल्म प्रदर्शन नगरिने संघले जनाएको छ । 
 
आउँदो दशैंलाई लक्षित गरेर अहिलेसम्म दुई फिल्मले मात्र प्रदर्शन मिति घोषणा गरेका छन् । यही असोज २५ गते सविन श्रेष्ठको ‘धन्दागिरी’ र असोज २६ गते फूलपातीमा फिल्म ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ ।