काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ १६ गतेदेखि सञ्चालन हुने गरि कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयको अनुसार जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने भएका छन्।
साथै बोर्डले परीक्षार्थीलाई बोर्डको वेबसाइटमा गएर परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ ।
परीक्षा केन्द्रको सूचि हेर्नुहोस्









