३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँस्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) गठन, चन्द नेतृत्वको नेकपा औपचारिकरुपमा फुट्यो (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गरेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बाँस्तालाको संयोजकत्वमा नेकपा (बहुमत) गठन भएको छ । नयाँ पार्टी गठन भएसँगै चन्द नेतृत्वको नेकपा औपचारिकरुपमा फुटेको छ ।

बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । सोही भेलाले नयाँ पार्टी गठन गरेको हो ।

सोमबार बाँस्तोलाले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन भएको जानकारी दिएका हुन् । उनका अनुसार नयाँ पार्टीको नाम नेकपा (बहुमत) रहेको छ । सो पार्टीको नेतृत्व बाँस्तोलाले नै गर्नेछन् ।

गत चैतमा भएको पार्टी केन्द्रीय समितिको बैठकको निर्णयविपरीत चन्द गएकाले नयाँ पार्टी गठन गर्नुको कुनै विकल्प नभएको उनको भनाइ थियो ।

तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्वादमा फसेकाले पार्टी पुनर्गठन गरिएको उनले बताए । उनले गलतरुपमा आफूहरुमाथि आर्थिक अनियमितताको आरोप लगाइएको बताए ।

बैठकले पार्टी चुनावमा नजाने निर्णय गरे पनि पार्टी प्रवक्ताले चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय सदस्यलाई उठाउने र उठाउन प्रयत्न गरेको भन्दै संयोजक बाँस्तोलाले केही केन्द्रीय समिति सदस्यहरुले त नेकपा (एमाले) को चुनाव चिह्न सूर्य लिएर उठ्नेसम्म बताएपछि समय बर्बाद नगरीकन बहुमत सदस्यको भेलाले पार्टी पुनर्गठन गरेको बताए ।

उनले विचार र संगठनात्मकरुपमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरे । पत्रकार सम्मेलनमा उनले पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने र ती कार्यदिशा पूरा गर्न कार्यनीतिका रूपमा अहिले स्वाधीन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधीनताको नारा अगाडि सारेको बताए ।