६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बाँस्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) गठन, चन्द नेतृत्वको नेकपा औपचारिकरुपमा फुट्यो (भिडियोसहित)

बाँस्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) गठन, चन्द नेतृत्वको नेकपा औपचारिकरुपमा फुट्यो (भिडियोसहित)
अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गरेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बाँस्तालाको संयोजकत्वमा नेकपा (बहुमत) गठन भएको छ । नयाँ पार्टी गठन भएसँगै चन्द नेतृत्वको नेकपा औपचारिकरुपमा फुटेको छ ।

बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । सोही भेलाले नयाँ पार्टी गठन गरेको हो ।

सोमबार बाँस्तोलाले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन भएको जानकारी दिएका हुन् । उनका अनुसार नयाँ पार्टीको नाम नेकपा (बहुमत) रहेको छ । सो पार्टीको नेतृत्व बाँस्तोलाले नै गर्नेछन् ।

गत चैतमा भएको पार्टी केन्द्रीय समितिको बैठकको निर्णयविपरीत चन्द गएकाले नयाँ पार्टी गठन गर्नुको कुनै विकल्प नभएको उनको भनाइ थियो ।

तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्वादमा फसेकाले पार्टी पुनर्गठन गरिएको उनले बताए । उनले गलतरुपमा आफूहरुमाथि आर्थिक अनियमितताको आरोप लगाइएको बताए ।

बैठकले पार्टी चुनावमा नजाने निर्णय गरे पनि पार्टी प्रवक्ताले चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय सदस्यलाई उठाउने र उठाउन प्रयत्न गरेको भन्दै संयोजक बाँस्तोलाले केही केन्द्रीय समिति सदस्यहरुले त नेकपा (एमाले) को चुनाव चिह्न सूर्य लिएर उठ्नेसम्म बताएपछि समय बर्बाद नगरीकन बहुमत सदस्यको भेलाले पार्टी पुनर्गठन गरेको बताए ।

उनले विचार र संगठनात्मकरुपमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरे । पत्रकार सम्मेलनमा उनले पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने र ती कार्यदिशा पूरा गर्न कार्यनीतिका रूपमा अहिले स्वाधीन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधीनताको नारा अगाडि सारेको बताए ।