६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौ महानगरपालीका: स्थापितका योजना घाम छायाँ जस्ता (भिडियोसहित)

काठमाडौ महानगरपालीका: स्थापितका योजना घाम छायाँ जस्ता (भिडियोसहित)
अ+ अ-

केशव स्थापित अधिकांश महानगरवासीले सुनेको नाम हो । अझ काठमाडौं महानगरवासीका लागि त मेयर साबबाट उनी परिचित छन् । उनले यसअघि मेयर हुँदा गरेका कामहरुको आधारमा महानगरवासीका लागि उनी विकासका पर्याय हुन् भन्दा फरक नपर्ला । यसअघि उनी दुईपटक काठमाडौं महानगरपालिकाको मेयर भएका छन् ।

मेयरमा उनी पहिलो पटक बि.सं. २०५४ सालमा मनोनित भएका थिए । उनी खेलकुद् परिषद्को सदस्यसचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, वागमती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीसमेत बनिसकेका स्थापितले मेयरमा रहँदा भने महानगरवासीका लागि सम्झन लायक काम गरेका थिए । तिनै स्थापित यसपटक नेकपा एमालेको तर्फबाट पुनः काठमाडौं महानगरपालिकाको लागि मेयरमा उम्मेदवार बनेका छन् ।

उनको मुख्य प्रतिष्पर्धीको रुपमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह रहनुभएको छ । स्थापितसँगै काठमाडौं महानगरपालिकाको उपमेयरमा पूर्व मिस नेवा सुनिता डंगोलाई एमालेले उभ्याएको छ । मेयर स्थापितलाई विकास निर्माणको काममा साथ दिन युवा पुस्तहरुलाई अघि सारेकोले पनि आफूलाई काम गर्नको लागि सहज हुने स्थापित बताउँछन् ।

न्युज एजेन्सी नेपालसँग सोमवार भएको कुराकानीमा मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । उहाँले आफ्नो प्रतिष्पर्धी बिना कुनै योजना बोकेर महानगरको दाबी गर्नाले राजधानीबाट अन्य क्षेत्रमा जानुपर्ने सन्देश देशव्यापी बन्न नसक्ने बतfउनु भयो । उहाँले बिना कुनै एजेण्डाका प्रतिष्पर्धी आउँदा २० वर्षको शिक्षा दिनुपर्ने राजनीतिक अवसर गुमाउने दाबी गर्नुभयो ।

मेयरका उम्मेदवार स्थापित भन्नुहुन्छ, ‘घरदैलो कार्यक्रम गर्दा महोल एकोहोरो हाम्रो पक्षमा छ । यसलाई आफ्नो दर्शन, पार्टीको आधारमा संगठन बोकेर नीति, कार्यक्रम काठमाडौं कस्तो बनाउने भनेर सार्वजनिक मञ्चमा आउने प्रतिष्पर्धी नै पाइएन । अहिलेको मलाई लागेको खल्लो पन के हो भने अर्को पक्ष पनि यसरी प्रश्तुत भएको भए हाम्रो विचार, दर्शनको कुरा, कार्यक्रमको कुरा, शहरी योजनाको कुरा देशव्यापी जान्थ्यो । यसले राजधानीबाट अन्य क्षेत्रमा शिक्षा जान्थ्यो । मैले त अर्को पक्ष देखेकै छैन । समग्र होलस्टिक कुरा लिएर आएकै छैन । एउटा चुनावले २० वर्षको एजुकेशन दिनुपर्नेमा यसलाई हामी गुमाउँदै छौँ ।’

सिधा अर्थमा भन्ने हो भने स्थापितले गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर प्रतिष्पर्धीको संज्ञा दिनुभयो । उहाँले यसअघि मेयर बन्दा पनि आफूले काम गरेर देखाएकोले अहिले काम गर्न सक्नेमा विश्वस्त रहेको बताउनु भयो । अहिलेको युवा पुस्तालाई लिएर उनीहरुको योजनाअन्तर्गत जाँदा शहरले विकासको नयाँ रुप पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । स्थानीय तहलाई शक्ति सञ्चालनको अधिकार दिएन भने विकासमा बाधा पुग्ने उहाँको भनाइ छ ।

उहाँले स्थानीय सरकार भनेपनि अझै शक्ति सञ्चालनको अधिकार हस्तान्तरण हुन नसक्दा सेवा बिस्तार हुन नसकेको बताउनु भयो । मेयरमा जितेपछि अहिलेको राजश्व भन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आफू मेयर भएको भोलिपल्टबाट नै आम नागरिकका समस्याको सुनुवाई गर्ने पनि बताउनु भयो ।

मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘मैले यसअघि गरेका कामहरुको अनुभव भन्दा यो सतीले सरापेको देश केही हुँदैन भन्थे तर एउटा मान्छे भयो भने बन्दो रहेछ । अहिलेको पुस्ता धेरै परिवर्तन भइसकेको छ । अहिलेको पुस्ताले जातभात मान्न कम गरिसकेको छ । यस्तो अवस्थामा यो पुस्ताले सयमाथि फोरम खोलेर अन्तर्राष्ट्रिय स्तरको विकास गरेर देखाउनु पर्छ । यो काम गर्नको लागि हामीले अब उनीहरुलाई जिम्मवारी दिन सक्नुपर्छ ।

हामीले पावर डेभलिङ प्रोसेस शुरु भएको मान्नुपर्छ यसलाई । अहिले पनि महानगरपालिकाहरु स्थानीय सरकार भनेपनि पावर डेभलप भएको छैन । मैले त्यसमा ४ अर्बले पुग्दैन विकासका लागि ४० अर्ब दिनुपर्छ भन्न पाउनुपर्छ । हामीले आफ्नो मातहतमा पशुपति क्षेत्र विकास कोष, सडक विभाग, विद्युत आदि कुराहरु राख्यौँ भने आफू अनुकुलमा विकासका कार्यक्रम गर्न पाउँछौँ । अहिलेको तुलनामा राजश्व १० गुणा बढी उठायौँ भने अनि न सेवा गर्न पाइन्छ ।

पावर डेभलप गर्ने प्रोसेस काम अब महानगरपालिकाले पाउनु पर्छ अनि मात्रै विकास गर्न सकिन्छ । काम गर्नुपर्छ भन्ने अनि अर्कै निकायले हेर्ने यसरी त विकास हुन गाह्रो छ । मेयर सरल हुनुपर्छ, कमी कमजोरी भएपनि सच्याउन सक्नुपर्छ । एकदिन हामीले जित्छौँ, त्यसपछि सगुन मनाउने होइन, सेलिब्रेशन गर्ने होइन पहिलो दिनबाट नै नागरिकका समस्याको सुनुवाई हुन्छ । सभागृहमा हरेक दिन बिहान हुन्छ । सबैलाई आउने वातावरण हुनुपर्छ । भएका साना गुनासाहरुलाई शुद्धीकरण गर्नुपर्छ ।’

मेयरका उम्मेदवार स्थापितले काठमाडौं महानगरपालिका भित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम शुरु गर्ने बताउनु भयो । उहाँले काठमाडौं वरिपरि रहेका केही स्थानमा पार्कहरु बनाएर त्यसलाई ६ महिनाभित्रमा सम्पन्न गर्ने र त्यहाँ युवाहरुले जीवनको कथा लेख्न सक्ने वातावरण सिर्जना गर्ने बताउनु भयो ।

उहाँले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिशापिशाव गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्कको समस्याहरु लगायतका अन्य समस्याहरुको समाधान गर्ने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले केशव स्थापित भन्दा अहिले पनि मेयर साबको नामबाट आफू परिचित रहेकोले मेयरकै हिसावमा काम गरेर देखाउने बताउनु भयो । न्युज एजेन्सीसँगको कुराकानीमा मेयरका उम्मेदवार उहाँले गाली सहेर भएपनि विकासका काम पछि नपर्ने तरिकाबाट आफूले योजना बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले अहिले ४८ वटा मानिसहरुले बिर्सिसकेको मन्दिर छानेको छु । त्यो २०९० सालको भूकम्प गएपछि कसैले विषय नै उठाएको छैन । ती ४८ वटाको जग म एकैपटक हाल्छु । यो काठमाडौंमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरु बनाउँछु ।

त्यहाँ युवाहरुले जीवनको कथा हाल्नुपर्छ । शौचालय नबनाउने अनि पिशाव फेरे कारबाही गर्ने भन्ने हुन्छ ? मोटरसाइकल पार्किङस्थल नबनाउने अनि पार्किङ ग-यो भनेर समात्ने हुन्छ ? सबै बनाउनुपर्छ नि । म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु । मसँग ब्याकअप टिम छ । देशकै राम्रा मानिसहरुले मलाई साथ दिनुभएको छ ।

पूर्वाधार विकासका कारण नै मलाई अहिले पनि मेयर साब भन्छन् । विष्णुमती रोड बनाउँदा पनि ढुंगा हानेका थिए । अहिले बन्यो । सहेकै हो । धोबी खोला खोल्दा पनि सहेकै हो । कसैले मानेका थिएनन् । वागमती करिडोर खोल्यौँ दायाँबायाँ । काठमाडौं उपत्यका विकास प्राधिकरण महानगरको मातहतमा हुनुपर्छ । त्यो हाम्रो मातहतमा आएपछि एउटा स्तरबाट प्लान हुन्छ । पब्लिक स्पेस सबै सरकारको मातहतमा भएपछि सार्वजनिक शौचालय कहाँ बनाउने ? ५० ठाउँ जति सरकारले अधिग्रहण गर्नुपर्छ । हामी ल्याण्डको प्राइज तिर्छौं ।’

उहाँले अहिले पनि २ सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पति पर्खाल लगाएर राखेकोले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताउनु भयो । उहाँले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गर्नुभयो । काम गर्न सरकारीतर्फबाट वयवधान आए अदालतबाट न्याय खोजेर भएपनि काम गर्ने उहाँको प्रतिवद्धता छ ।

न्युज एजेन्सीसँग कुरा गर्दै उहाँले आफूसँग विकासको कला भएकोले त्यस बारेमा गहन अध्ययन गरेको र त्यसैअनुसार काँग्रेस, कम्युनिष्टको सोचलाई हटाएर शहर विकासको परियोजना अन्तर्गत काम गर्ने बताउनु भयो । मेयरका उम्मेदवार स्थापितले आफूलाई विश्वास गरेर भोट दिन आग्रह गर्दै महानगर बनाउने जिम्मा आफ्नो भएको बताउनु भयो ।

मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘साढे २ सय वटा पर्खालले घेरेको सरकारी सम्पति छ । किन चाहियो । त्यहाँ भ्रष्टाचार गर्न, अरु गर्न ? नहुने कुनै कर्म गर्नु छ र घेरेको ? पर्खाल फोरेर ट्युबहरु गज्जबको बनायो । पानीको फोहोरा, हरियाली फूलहरु । मान्छेको मन खुशी हुन्छ नि ।

राजदरबारको ६ सय रोपनीको पर्खाल खोलेपछि काठमाडौंको स्वरुप कस्तो होला ? अबको योजना पप्पुले पाउँदैन । सबै क्षेत्रलाई पहिला स्पेस क्रिएट गर्छु । वातवरण सिर्जना गरेर काम गर्ने हो । काम गर्न रोकियो भने अदालतमा न्याय खोज्न जाने हो । मलाई शहर विकास गर्न यति क्षेत्राधिकार चाहियो भन्ने हो । अदालत त मान्य हुन्छ, देश विकासका लागि काम गर्छु भन्दा नदिने कुरा हुँदैन ।

म प्रमाणित मान्छे हो । म पहिला काम गरेर देखाउँछु अनि सबैले भन्नेछन् यसले काम गर्छ भनेर । मैले मण्डला बनाएँ । राती चिसो केही नभनीकन आफैँ उभिएर बनाएको हो । म काठमाडौंलाई बनाउन सक्छु । मसँग त्यो कला छ । आम मानिसलाई सेवा गरेर नै म यो पार्टी काँग्रेस कम्युनिष्ट भन्ने सोच हटाउनेछु । मसँग दुष्ट्याँइ गरेपछि धेरै गाह्रो हुन्छ, त्यसैले मलाई विश्वास गर्नु म महानगर बनाउँछु ।’

मेयरका उम्मेदवार स्थापितले महानगरले उठाउन बाँकी ४८ अर्ब राजश्व रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको बताउनु भयो । भूकम्प र कोरोनाकालमा समेत विकास निर्माणका कामहरु भएकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले महानगरलाई सरकारले ४ अर्ब छुट्याएर सबै काम गर्न लगाउने गरेकोप्रति गुनासो गर्नुभयो ।

उहाँले महानगरको विकासका लागि सरकारसँग ४० अर्ब रुपैयाँ माग गर्ने बताउनु भयो । विकासको लागि रकम माग्दा नदिए उपत्यकाका सबै मेयरलाई एकजुट गराएर माग राख्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग उहाँले यस कार्यमा सबै पार्टीले पार्टीगत रुपमा नभइ विकास र समृद्धिका लागि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘४८ अर्ब रुपैयाँ त उठ्न बाँकी रहेछ । जनता तिर्न तयार छ तर उठेको छैन । त्यो छानबिन गरेर जे पर्छ व्यहोर्छु भन्ने मान्छे मेयर हुनुपर्छ । यसअघि हाम्रो मेयरलाई भूकम्पतिर ध्यान गयो । पूँजिवृद्धिमा ध्यान गएन । अब लाग्छु भन्दा कोभिड आयो । मान्छे जोगाउने कि ? अरु गर्ने । उहाँले भन्न जान्नुभएन होला तर उहाँले गरेका काम हेर्दा यति धेरै काम गरेको छ । ४८ अर्ब रुपैयाँ म ६ महिनामा उठाउँछु भन्ने लागेको छ । कुने जोड जुलुम नगरिकन । तर मैले एउटा आन्दोलन घोषणा गर्छु ।

काठमाडौं महानगरपालिकालाई ४ अर्ब पैसा दिएर सबै सिटी म्यानेज गर भनेर भन्ने त्यो सबै सामन्ती भन्छ नि, त्यो होल्ड गरेर राख्न पाइन्छ ? मलाई ४० अर्ब चाहिन्छ नत्र म काठमाडौं बन्द गर्छु भनेर यो उपत्यका भरका सबै मेयरले भन्ने हो । सबैले समृद्धिमा जान त्यो आह्वानलाई त मान्नुपर्छ नि ।’

उहाँले आफू मेयरमा जितेपछि योजना भएका मानिसहरुलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताउनु भयो । उहाँले न्युज एजेन्सीसँगको कुराकानीका क्रममा हरेक क्षेत्रमा काम गर्नको लागि भिजन भएकाहरुको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले आम युवाहरुलाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने बताउनु भयो । मेयरका उम्मेदवार स्थापितले युवाहरुमा पनि महिलाहरुले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै महिलालाई आफ्नो टिममा समावेश गरेर काम गर्ने बताउनु भयो । उहाँले भिजन भएका युवाहरुलाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गर्नुभयो ।

मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘सबै नलेज भएका मान्छे बाहिर हुने र केही थाहा नभएका मान्छे टोलीमा हुने हुनु हुँदैन , त्यसैले मैले युवा इन्जिनियर आउ भनेको छु । स्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिस आउ, मसँग भएका फोरममा आएर काम गर्ने यो पुस्ता हो । हाम्रो पुस्ताले काम लाग्दैन । हामीले वातावरण मिलाउनका लागि केही समय काम गर्ने हो । मलाई धेरै विश्वास भनेको युवाहरुमा छ । त्यसमाथि पनि महिलाहरुमा धेरै विश्वास छ । किनभने उहाँहरुले मैले कहिल्यै पनि भ्रष्टाचार गरेको पाइनँ । त्यसैले मलाई महिलामाथि विश्वास छ । उनीहरु आएर आफ्नो खुबी देखाउन् । बराबरी भन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कयौँ कुरा सुधार गर्छु ।’

स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने बताउनु भयो । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्र कलेजलाई स्तरोन्नती गर्ने बताउनु भयो । कलेज पुनः निर्माण गर्दा सबै पार्टीको अवधारणा अनुसार मिलेर काम गर्ने पनि बताउनु भाये । उहाँले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको सुन्दरता नै खल्बलिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो पहिलो हस्ताक्षर त्रिचन्द्र कलेजको पुनः निर्माण हुनेछ । त्यहाँको एजुकेशन सिस्टमलाई अलिकति चेन्ज गर्ने । त्यो भताभुङ्ग भयो कोही बोल्दैनन् । त्रिचन्द्र कलेज त्रिचन्द्र जस्तो भएन । नेपाली काँग्रेस मेरो प्रतिद्वन्दी हो । अलि अलि सामन्ती छ त्यहाँभित्र ।

नेपाली काँग्रेस छ त्यहाँ उनीहरुलाई तपाईको एजेण्डा के हो भनेर ल्याउन भन्छु । किनभने भोलि त विवाद गर्न पाएन नि । माओवादी, राप्रपालाई पनि भन्छु । त्यति भनेपछि मलाई डिस्टर्ब गर्न पाएन । अहिले पनि ४०/५० जना मान्छे बञ्चरे डाँडामा उभ्याएर फोहोर नउठाउने ? यस्तो राजनीति गर्न मिल्छ ?’

स्थापित नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार हुनुहन्छ । राजतन्त्रमा मेयर बन्दाको अनुभव बटुल्नुभएका उहाँ मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं भन्ने नारासहित काठमाडौं महानगरको विकासका लागि लड्नुभएको थियो । उहाँले मेयर बन्दा माईतीघर, पशुपति क्षेत्र विकास र तीनकुने जस्ता ठाउँमा बनेका अव्यवस्थित टहरा भत्काउनु भएको थियो ।

स्थापित २०४७ सालमा गठित एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवासंघका महासचिव समेत हनुहुन्थ्यो । त्यो बेला यसको अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । त्यो बेलाको ओली र स्थापितको सम्बन्धले पनि अहिले थप काम गरेको बुझाइ एमालेभित्र छ । स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल,सडक फराकिलो बनाउने कामको शुरू गरेको एमालेका नेताहरूको दाबी छ ।

त्यही बेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण एमालेले काठमाडौं महानगरको मेयरमा स्थापितलाई अघि सारेको समर्थकहरु बताउँछन् ।