६ श्रावण २०८३, बुधबार
,
Latest
हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानका लागि फर्किए भारतमा रहेका नेपाली



अ+ अ-

टीकापुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।

स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु पर्यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताउनुभयो ।

‘‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौँ’’, विकासले भन्नुभयो, ‘‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुपर्यो भनी बोलाए, अनि हामी आर्यौँ ।’’एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेका छन् ।

स्वदेश फर्कनेहरु मतदान गर्ने अधिकार प्रयोग गर्नाका साथै सक्षम नेतृत्व चयनका लागि फर्किएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपानेको दम्पति पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फकिएको छ । उहाँ मतदान गर्ने वित्तिकै भारत फर्कने बताउनुहुन्छ । ‘‘हामीले निर्वाचन हुँदैछ भन्ने कुरा समाचारमा थाहा पायौँ, आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो’’, न्यौपानेले भन्नुभयो, ‘‘एक पटक गल्ती भएमा पाँच वर्ष पालिकाको विकासमा असर पर्छ, त्यसैले सक्षम नेतृत्व छानौँ, र कर्तव्य पनि पालना गरौँ भनी आएका हौँ, मतदान गरेर उतै फर्कने हो ।’’

मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नाका लागि निर्वासनमा पुगेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । त्यही अधिकार प्रयोग गर्नाका लागि भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौँ, नौ जनाले नै मतदान गर्न पाउँछौँ’’, उहाँले भन्नुभयो, ‘‘यसो आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौँ ।’’वैशाख महिनायता भारत फर्कने ४०० भन्दा बढीले सीमामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गराएका छन् । एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताउनुभयो ।

‘‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि सङ्ख्या बढिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षको अहिलेसम्म चार हजार ६९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् । हेल्थ डेक्समा स्वास्थ्यमा समस्या भएकाहरुले सेवा लिन्छन् ।’’ निर्वाचनका लागि तायरी कैलाली जिल्लामा निर्वाचनका लागि सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिई मतदान सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

भोलि २७ गते जिल्लाका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत तथा कर्मचारी पुगिसक्ने, २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने र ३० गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ थियो । कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् । ती केन्द्रमा निर्वाचन सञ्चालन गर्न एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटाउने तयारी भइरहेको पनि कार्यालय प्रमुख भट्टले बताउनुभयो । ‘‘स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन सबैलाई आग्रह गर्छु । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि छान्न अनुरोध गर्दछु’’, उहाँले भन्नुभयो, ‘‘यो समय मतदाताले स्वविवेक प्रयोग गर्ने समय हो । ’’ रासस




भर्खरै