१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रको पुस्तक राजनीतिसँगै राजकाजको रू ६ लाख लेखकस्व विवेकशील साझालाई प्रदान



अ+ अ-

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्।

गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताउनु भएको थियो। लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको लेखकस्व (१२ लाख रुपैयाँ) चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गर्नु भएको थियो।

कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण (७५०० प्रति) सबै बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताउनु भयो। ‘यो पुस्तक बजारका लागि खुसीको विषय हो। हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उहाँले भन्नुभयो। 

निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्दै ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवम् देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, राजनीतिसँगै राजकाज।

यो पुस्तक ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने गहकिलो अर्थ–राजनीतिक दस्तावेज’ भएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा हाल संयुक्त राष्ट्र सङ्घ, एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार स्वर्णिम वाग्लेले बताउनु भएको छ ।