१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । 

नेप्से परिसुचक आज सोमबार ७३.०५ अंकले घटेर २ हजार ६८५.४१ अंकमा झरेको छ । 

५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।  

आज गुडवील फाइनान्स, युनाइटेड इदीमर्दी हाइड्रोपावर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्शका लगानीकर्ताले सर्वाधिक गुमाएको नेप्सेले जनाएको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १५ करोड भन्दा बढीको कारोबार भएको थियो ।