• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

निर्वाचनमा सुरक्षाको अनुभूति भएन, उम्मेदवार र कार्यकर्तामाथि आक्रमण निन्दनीय: राप्रपा



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको जनाएको छ ।

पछिल्ला केही दिन यता राप्रपाका उम्मेदवारहरु माथी निरन्तर आक्रमण भै रहेको भन्दै राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक प्रेस विज्ञप्तिजारी गर्दे घटनाको घोर निन्दा एवं भत्सर्ना गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषा जिल्लाको सबेला नगरपालिका वडा नं-४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमालेद्वारा भएको सांघातिक हमलाको भएको जनाउनु भएको छ ।

राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको ७ जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको घटना घृणित, लज्जास्पद र दु: खदायी भएकाे श्रेष्ठले जनाउनु भयो । यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले  जोडदार माग गरेको छ ।

यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं-१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उमेदवारलाई लछारपछार गरिएको घटनाप्रति दुस्ख प्रकट गर्दै भत्सर्ना गरेको छ ।

राप्रपाले यस्ता घटनाले निर्वाचन मार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको जनाएको छ । भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपाले सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।