१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध अन्त्य गर्न पुटिनका दुई प्रस्ताव



अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न दुईवटा शर्त अघि सारेका छन् ।

उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग फोन वार्ता गर्दै युक्रेनलाई निशस्त्रीकरण गर्नुपर्ने र क्रिमियामाथिको रुसी सार्वभौमसत्तालाई पश्चिमा मुलुकहरूले मान्यता दिनुपर्ने माग राखेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रूसी नेतालाई नागरिक जीवन बचाउन आग्रह गरे।यसैबीच युक्रेनी र रुसी अधिकारीहरूले युद्धविरामका बारेमा छलफल गर्न पहिलो चरणको वार्ता समाप्त गरेका छन्।

 प्रतिनिधिमण्डलहरु परामर्शका लागि आ–आफ्नो राजधानी फर्किएका छन् ।