६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय चुनावमा एमालेको जनलहर देखेर गठबन्धन नै डराएको छ: पूर्वमन्त्री भट्ट

स्थानीय चुनावमा एमालेको जनलहर देखेर गठबन्धन नै डराएको छ:  पूर्वमन्त्री भट्ट
अ+ अ-

डोटी । नेकपा (एमाले) का केन्द्रिय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपाली जनताको जिवनको रक्षा गर्ने र शुख दुःखको साथी भनेको नेकपा एमाले भएको बताउनु भएको छ ।

नेकपा एमाले डोटीले आईतबार  जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नु हुँदै नेता भट्टले नेपाली नागरिकले आसा गरेको पार्टी नेकपा एमाले मात्रै भएको र एमाले बिना देश विकासदेखि नागरिकको शुरक्षा नहुँने बताउनुभयो । उहाँले भन्नुभयो, “दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेर नेपाली नागरिक जयसिंह धामीलाई बेपत्ता पा-यो, तर यो परमादेशको सरकार बोलेन एमालेको सरकार भएको भए बोल्थ्यो र जयसिंहको अवस्था बारे जानकारी लिन्थ्यो, अनि क्षतीपुर्ति पनि भराउथ्यो ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री भट्टले आफ्नो नागरिकलाई नदीमा बेपत्ता पार्दा सम्म चुइक्क नबोल्ने सरकारले तपाइ हाम्रो सुरक्षा गर्न नसक्ने समेत  जिकिर गर्नुभयो । आफुले नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चालिस वर्ष सँगै राजनितिक जिवन बिताएको भएपनि प्रचण्डले नागरिकको सुरक्षादेखि दश वर्षे जनयुद्धमा घाइते, बेपत्ता भएकाहरुको सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । “प्रचण्ड छोरी बुहारीलाई पद दिनमै व्यस्त हुनुभयो” नेता भट्टले भन्नुभयो, “पार्टीको अध्यक्ष भएका व्यक्तिले सहिद परिवार, बेपत्ता भएका परिवारको अवस्था तथा घाइतेहरुको उपचार गर्नु पर्छ की पर्दैन, अध्यक्ष पद भनेको के आफ्नालाई पद दिँदै हिन्ने हो ।”

सोही कार्यक्रममा बोल्नु हुँदै नेता भट्टले आफु जोरायलमा आउने कार्यक्रमका बारेमा जानकारी पाएका कारण भोली प्रचण्ड जोरायल आउन लागेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेको जनशक्ति देखेर काग्रेस र माओवादीहरु अत्तालिएका छन्, एमाले बाघ हो, श्यालहरुले जति कराएपनि केही फरक पर्दैन ।” एमालेले देशै भरी जितिसकेकाले अधिकाँस ठूला भनाउदा नेताहरु अत्तालिएका छन्, कसैको डर त्रास नमानी सुर्यमा मतदान गर्न समेत नेता भट्टले सबै नागरिकलाई आग्रह गर्नुभयो । नेकपा एमालेबाट उम्मेदवार बनेकाहरुलाई र्निधक्कका साथ मतदान गर्न र निर्वाचित भएका उम्मेदवारले केही गल्ति गरेमा त्यसको जिम्मा सिङ्गो एमाले पार्टी र आफुले लिने समेत नेता भट्टले आश्वासन समेत दिनुभयो ।

जनयुद्धका समयमा आफु यहाँका बिभिन्न गाउँ ठाउँ घुमेको र धेरै जनता माझ बसेकाले यहाँको विकास गर्नु आफ्नो पञ्मुख जिम्मेवारी भएको नेता भट्टले बताउनुभयो । उहाँले थप भन्नुभयो, “मेरो जन्मथलोपनि यहि हो, म यहाँको नागरिक हुँ, यहाँको विकास गर्नु मेरो जिम्मेवारी हो ।”

प्रचण्डकै कारण एमाले माओवादी फुटेको समेत नेता भट्टले आरोप लगाउनुभयो । केपीशर्मा ओलीको जिवनमा हाम्रो जिवन र आमा नगरिक सहित देशको जिवन देखाले आफुहरु एमालेमा उभिएको नेता भट्टको भनाइ थियो । कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेर केपी ओलीले भारतमा कुटनितिक पत्रपठाउनुभयो र चुच्चे नक्सा निकाल्न सफल भएका कारण केपीशर्मा ओली बाहेक यो देशको रक्षा गर्ने अरु कुनै नेता नभएको नेता भट्टको भनाइ थियो । राष्ट्र, राष्ट्रियता र स्वाभिमानको रक्षा गर्ने भनेको नेकपा एमाले र त्यसका अध्यक्ष केपीशर्मा ओली मात्रै भएको बताउनु हुँदै नेता भट्टले भन्नुभयो, “अदालतको आडमा सरकारमा आएकाहरुले देश बचाउँन सक्दैनन् ।”