६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

न्याय गरेर मात्र हुँदैन, गरेको जस्तो पनि देखिनु पर्दछ: कामु प्रधान न्यायाधीश कार्की

न्याय गरेर मात्र हुँदैन, गरेको जस्तो पनि देखिनु पर्दछ: कामु प्रधान न्यायाधीश कार्की
अ+ अ-

काठमाडौं । का.मु. प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायीक मूल्य मान्यतामा भएको क्षयीकरण निस्तेज गर्दै स्वतन्त्र न्यायपालीका अगाडी बढीरहेको बताउनु भएको छ ।

कानून दिवस २०७९को अवसरमा शुभकामना सन्देश जारी गर्दै कामु प्रधान न्यायाधीश कार्कीले यस्तो जनाउनु भएको हो ।

सन्देशमा उहाँले भन्नुभएको छ– संबैधानिक सर्वोच्चता नागरिक हक अधिकारको संरक्षण लगायत बिधिको शासनको पालनामा न्यायपालीका प्रतिवद्ध भएर अगाडी बढिरहेको छ ।

सन्देशमा भनिएको छ- न्यायपालीका हुन सक्ने विकृति, विसंगति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठीत समितिले पेश गरेको प्रतिवेदनले औंल्याएका सुझाबहरु कार्यन्वयन गर्दै न्यायपालीका प्रतिको जनताको आस्था र विश्वास अभिबृद्धि गर्नका लागि छिटो छरितो विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ आफना क्षेत्रबाट थप क्रियाशील देखाउन आवश्यक रहेको छ ।

सन्देशमा भनिएको छ– न्याय गरेर मात्र हुँदैन गरेको जस्तो पनि देखिनु पर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै न्यायीक काम कारबाही एवं प्रकृयामा कुनैपनि कोणबाट शंका एवं अविश्वास पैदा हुन नसकोस् भन्ने उद्देश्यले स्वचालित पेसी व्यवस्थापन पद्धति लागू गर्ने सम्बन्धमा प्राप्त अध्ययन प्रतिवेदनले सुझाव अनुसार स्वचालित पेशी व्यवस्थापन पद्धति लागू गर्नका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण लगायत प्राविधिक पक्षको तयारी र सो का लागि आवश्यक पर्ने बजेट निकासाका लागि प्रकृया अगाडी बढाइएको छ । स्वचालित पेशी व्यवस्थापन पद्धति लागू नहुँदासम्मको लागि अल्पकालिन उपायको रुपमा गोलाप्रथा प्रकृयाद्वारा पेशी व्यवस्थापन गरी न्यायीक प्रकृयामा पारदर्शिता एवं स्वच्छताको पूर्ण प्रत्याभूति गरेको छ ।

सन्देशको पूर्णपाठ-