३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः चेन्नईद्वारा दिल्ली ९१ रनले पराजित



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ५५ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको टोली १७.४ ओभरमा ११७ रनमा सिमित भयो । डेभन कोनवेको उत्कृष्ट ८७ रन र मोइन अलीको घातक बलिङले चेन्नईले दिल्लीलाई हराएको हो ।

आइतबार राति भएको खेलमा मोइनले मिचेल मार्स, दिल्लीका कप्तान ऋषभ पन्त र रिपल पटेललाई पेभिलियन पठाए । त्यस्तै फास्ट बलर मुकेश चौधरी र सिमरजीत सिंहले पनि २/२ विकेट लिए । कोनवे बाहेक धोनीले पनि आठ बलमा २१ रनको अविजित इनिङ खेले । कोनवेल उनको उत्कृष्ट इनिङ्सका लागि प्लेयर अफ द म्याच समेत बने ।

टस हारेर ब्याटिङ रोजेको चेन्नईको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो । ऋतुराज गायकवाड र डेभोन कोनवेले शतकीय साझेदारी खेले । दुवैले ५० प्लस रनको ओपनिङ साझेदारी गरेको यो लगातार तेस्रो पटक हो । ११० रनको स्कोरमा चेन्नईलाई पहिलो झटका एनरिक नोर्टजेले दिएका थिए । उनले १५२ किलोमिटर प्रतिघण्टाको गतिमा गरेको सर्ट बलमा अक्षर पटेलको हातमा ऋतुराजलाई क्याच आउट गराए ।

ऋतुराजले ३३ बलमा चार चौका र एक छक्काको मद्दतले ४१ रन बनाए । यसैबीच डेभोन कोनवेले आईपीएल करियरको तेस्रो अर्धशतक बनाए । यो उनको लगातार तेस्रो अर्धशतक हो । यसअघि कोनवेले सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध अर्धशतक बनाएका थिए । दिल्लीका कप्तान पन्तले कुलदीपबाट तीन ओभर मात्रै दिए । कुलदीपले यी तीन ओभरमा ४३ रन दिन पुगे ।

चेन्नईलाई दोस्रो झटका कोनवेको रुपमा लाग्यो । इनिङ्सको १७औं ओभरमा कोनवेलाई खलील अहमदको बलमा विकेटकिपर पन्तले क्याच आउट गरेका थिए । कोनवेले शतक बनाउन गुमाए र ४९ बलमा सात चौका र पाँच छक्काको मद्दतले ८७ रन बनाए । शिवम दुबेले १९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । उनलाई मिचेल मार्सले डेभिड वार्नरको हातमा क्याच आउट गरेका थिए ।

अम्बाती रायुडु पनि १९ औं ओभरमा पेभिलियन फर्किए । रायुडुले ६ बलमा ५ रन बनाउन सके । यसपछि कप्तान धोनीले नेतृत्व लिए । मैदानमा आउनेबित्तिकै उनले दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका हाने । अन्तिम ओभरमा एनरिक नोर्टजेले लगातार दुई बलमा मोइन अली र रोबिन उथप्पालाई पेभिलियन पठाए ।

धोनीले पारीको अन्तिम दुई बलमा दुई–दुई रन लिए । यसप्रकार चेन्नईले २० ओभरमा २०८ रन बनाएको थियो । कप्तान धोनीले आठ बलमा २१ रन बनाएर अविजित रहे । धोनीले आफ्नो इनिङ्समा एक चौका र दुई छक्का प्रहार गरे । अन्तिम ५ ओभरमा चेन्नईले ५ विकेट गुमाएर ६० रन बनाएको थियो । धोनीसँग ड्वेन ब्राभो एक रनमा अविजित रहे । दिल्लीका लागि एनरिक नोर्टजेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै खलील अहमदले दुई र मिचेल मार्सले एक विकेट लिए ।

२०९ रनको लक्ष्य पछ्याएको दिल्लीको टोलीको सुरुवात खराब रह्यो । श्रीकर भरतले उत्कृष्ट दुई चौका प्रहार गरेपछि मोइन अलीलाई सिमरजीत सिंहले क्याच दिए । भरत पाँच बलमा आठ रन बनाएर आउट भए । यसपछि डेभिड वार्नरले पनि आफ्नो विकेट गुमाए । उनलाई महेश टिक्षानाले एल्बडब्ल्यू आउट गरेका थिए । वार्नर १२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १९ रन बनाएर आउट भए ।

३६ रनमा दुई विकेट खसेपछि मिचेल मार्स र कप्तान ऋषभ पन्तले सम्हाल्ने प्रयास गरेका थिए । दुवैले तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर, यसपछि अफ स्पिनर मोइन अलीले खेललाई आफ्नो टोली चेन्नईतर्फ लगे । उनले तीन विकेट लिए । दिल्लीको इनिङ्सको आठौं ओभरमा मोइनले मिचेल मार्सलाई बाउन्ड्री लाइनमा ऋतुराज गायकवाडको हातमा क्याच आउट गरेका थिए । मार्सले २० बलमा तीन चौका र एक छक्काको मद्दतमा २५ रन बनाउन सके ।

त्यसपछि १० औं ओभरमा मोइनले कप्तान पन्त र रिप्पल पटेल दुवैलाई पेभिलियन पठाए । मोइनले ओभरको पहिलो बलमा कप्तान ऋषभ पन्तलाई बोल्ड गरे । पन्तले ११ बलमा २१ रन बनाउन सके । यसपछि मोइनको सोही ओभरको तेस्रो बलमा रिपल पटेलले छक्का प्रहार गरे । चौथो बलमा रिपलले फेरि ठूलो सट प्रहार गर्न खोजे तर कोनवेले बाउन्ड्री लाइनमा उनको उत्कृष्ट क्याच समाए । रिपलले तीन बलमा ६ रन बनाउन सके ।

त्यसपछि बायाँ हाते फास्ट बलर मुकेश चौधरी ११ औं ओभरमा बलिङ गर्न आए । उनले सो ओभरमा अक्षर पटेल र रोभम्यान पावेललाई पेभिलियन पठाए । ओभरको पहिलो बलमा मुकेशले अक्षरलाई क्लिन बोल्ड गरे । अक्षरले तीन बलमा एक रन बनाउन सके । सोही क्रममा मुकेशले रोभमानलाई विकेटकिपर धोनीको हातमा क्याच आउट गराए । रोभम्यानले नौ बलमा तीन रन बनाउन सके ।

९९ रनको कुल स्कोरमा दिल्लीलाई आठौं झटका लाग्यो । सिमरजीत सिंहले कुलदीप यादवलाई रोबिन उथप्पाको हातमा क्याच आउट गराए । कुलदीप १७ बलमा पाँच रन बनाएर आउट भए । १८ औं ओभरको तेस्रो बलमा शार्दुल ठाकुरलाई धोनीले ड्वेन ब्राभोको हातमा क्याच आउट गरेका थिए । शार्दुलले १९ बलमा २४ रन बनाउन सके । अर्को बलमा खलील अहमदलाई क्लिन बलिङ गरेपछि ब्राभोले दिल्ली ११७ रनमा समेटियो ।

यो जितसँगै चेन्नईको प्लेअफ पुग्ने आशा कायमै रहेको छ । उसको ११ खेलमा चार जित र सात हारसहित आठ अंक छ । चेन्नई आठौं स्थानमा रहेको छ । चेन्नईले बाँकी तीन खेल जित्नुपर्नेछ । यसपछि बाँकी टिमको नतिजामा पनि भर पर्छ ।

अर्कोतर्फ यो हारसँगै दिल्लीको आशालाई पनि धक्का लागेको छ । उसको ११ खेलमा पाँच जित र छ हारसहित १० अंक छ । हाल पाँचौं स्थानमा रहेको दिल्लीले बाँकी तीन खेल जित्नुपर्नेछ ।