६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल
अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ । आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्नरनगराउन भनेको छ ।

“पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्तिरअपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबिच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्न/नगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता (पत्रकार) हरूलाई सचेत गराउँदछ ।”

सञ्चार माध्यममाथि नियमित अनुगमन गर्दै आएको प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता जारी भएको मितिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजनका साथै अनलाइन माध्यमबाट सम्प्रेषित समाचार र समाचार–सामग्रीमाथि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका आधारमा सुक्ष्म अनुगमन गरिरहेको छ । यस्तै पत्रकार आचारसंहिता–२०७३ ९पहिलो संशोधन, २०७६० को दफा १४ मा विद्यमान प्रावधान र निर्वाचन आचारसंहिता, २०७८ का विभिन्न दफामा रहेका व्यवस्थाका आधारमा पत्रकार एवं सञ्चार माध्यमका सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको समेत अध्ययन गरिरहेको छ ।

आचारसंहिता प्रतिकूलका समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचारसंहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको भन्दै काउन्सिलले पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरेको जनाएको छ ।

काउन्सिलले निरन्तर पत्राचार, अनुरोध, अपिल गर्दा पनि कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घरसङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिएका कारण पत्रकारजगतबाट नै कुनै दल, गठबन्धन वा उम्मेदवारलाई मतआह्वान गर्दै विज्ञप्ति प्रकाशन गर्ने जस्ताकार्यबाट आम मतदातामा भ्रम पर्न गएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

“कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा काउन्सिलमा सम्पर्क, उजुरी गर्नसक्ने व्यवस्था हुँदाहुँदै प्रकाशित समाचारलाई लिएर सम्पादकीय स्वतन्त्रताको ख्याल नगरी सञ्चार माध्यमप्रति नकारात्मक टिकाटिप्पणी गर्ने कार्यप्रतिसमेत काउन्सिलको ध्यानाकर्षण भएको छ ।” काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।