६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्री पदका लागि देउवाले काँग्रेस सिध्याउन थाले अध्यक्ष ओली

प्रधानमन्त्री पदका लागि देउवाले काँग्रेस सिध्याउन थाले अध्यक्ष ओली
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गर्नु भएको छ ।

आईतबार चितवनमा आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि काँग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन् भनि प्रश्न समेत गर्नु भयो । उहाँले काँग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि पटकपटक जिकीर गर्नु भयो । प्रचण्डले केही दिन अघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न काँग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरित हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गर्नु भयो ।

उहाँले प्रचण्डले सृजना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनि निर्वाचन आयोगले भनेपनि कारबाही भने गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनबाहेकलाई मात्रै निर्वाचनको आचारसंहिता लगाउने गम्भिर आशंका पनि व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘काँग्रेसका कार्यकर्ताहरुको छाती विस्याएर बस्नु भएको होला पीडाले । काँग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन । के हेरेर बसेका छन, कार्यकर्ता, नेताहरु ? पार्टी त सिद्धियो काँग्रेसको । एउता नेताको भाषण कस्तो थियो, तपाईहरुले सुन्नु भो नि ।

चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दूर्घटना हुन्छ । रुखवाला साथीहरुले खुरुखुरु राजीखुसीले हसिँया हतौडामा भोट हाल्दैनन् भने दूघर्टना हुन्छ । थपक्क भोट हालेर मेरी छोरी जिताएभने म खुसी हुन्छु । उत्साहित हुन्छु । १०, १५, २० वर्ष गठबन्धन टिकाई दिन्छु । धम्क्याएको हेर्नुस्त । जनतालाई धम्क्याउने, धम्क्याउने बानी अझसम्म गएनछ । धम्क्याई आएकाहरु, धम्क्याएर खाएकाहरु, अहिलेसम्म पनि धम्क्याउने बानी गएको रहेनछ । बानी भएपनि जमाना बदलियो अव । धम्क्याएर काम चल्दैन । जनताले बुझि सकेका छन । धम्कीको केही अर्थ छैन । र, म तपाईहरुलाई भन्न चाहन्छु–कसैले धम्क्याएर, दुर्घटना हुन्छ भनेर कुनै दुर्घटना केही हुनेछैन । दुृर्घटना होईन्, घटना हुन्छ । घटना के हुन्छ–गठबन्धनले नराम्ररी हार्छ । त्यही हो । अरु कुनै दुर्घटना हुनेवाला छैन । जनतालाई धम्क्याउनेहरुलाई म भन्न चाहन्छु–नत्र भन्ने । नत्रले के गर्छ, अन्तिममा चिसै पानीले नुहाउँछ ।

धम्क्याउनेलाई भोट नदिनुस । तर्साउनेलाई भोट नदिनुस । चिसै पानीले नुहाउँछ । केही हुनेवाला छैन । त्यसकारण तपाईहरुले नबुझ्नु भएको छैन । मैले एमालेका कार्यकर्ता भन्दा पनि एमालेका कार्यकर्ताहरु यसै उत्साहित हुनुहुन्छ । म नेपाली काँग्रेसका यहाँका कार्यकर्ताहरुप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु । कसरी मन थामेका होलान । प्रचण्डकी छोरीलाई जिताउनुपर्ने, अरुका छोरी जिताउनुपर्ने, जिन्दगीभरी आफै काँग्रेसमा हिँडेका साथीहरु विचरा, हेर्नुस्त । एउटा गित भनेजस्तै पोहोर पनि ढाँटेऊ आमा, यसपाली नि ढाँट्यौं भनेजस्तो । पाँच वर्ष अघि नै यिनैलाई भोट होल्ने, यसपटक पनि तिनैलाई भोट हाल्नु । फेरी जितायो भने काँग्रेसका साथीहरुले सुनि राख्नुस–फेरी प्रचण्डलाई जितायो भने उहाँ खुसी हुनुहुन्छ रे । उहाँ उत्साहित हुनुहुन्छ रे । र बीस वर्ष यही गठबन्धन टिकाउनु हुन्छ रे । भनेपछि काँग्रेसका साथीहरुको हालत के हुने भयो भने छोरी बोक, ज्वाई बोक, भाई बोक, भाईको पालो सकिएपछि भतिजो बोक । बोक्न तयार हुनुहुन्न भने नत्र । निर्वाचन आयोगले आदेश जारी ग¥यो फेरी । कसलाई गरेको आदेश जारी ।

पाँच दलका नेताहरु, ६ दलका नेताहरु सँगसँगै हिँडेर मञ्चमा एउटाले रुख चिन्ह बोकेको छ, अर्कोले अर्को चिन्ह बोकेको छ । निर्वाचन आयोग के भन्छ–आ–आफ्नो झण्डाबाहेक अरुको बोक्न पाईदैन । तपाईहरुले यहा देख्नु भयो नि । ककसले कस्को झण्डा बोके । अनि काँग्रेसका कार्यकर्तालाई धम्क्याउनका लागि कारबाही गर्छ रे अर्काको झण्डा बोक्यो भने । प्रचण्डलाई किन कारबाही नगरेको काठमाडौंमा सृजना सिंहलाई मत माग्दा ? शेरबहादुर देउवालाई यहाँ आएर रेणु दाहाललाई भेटदेऊ भनेर ।

अनि कार्यकर्ताले मन परेको ठाउँमा भोट दिए कारबाही हुने ? भयरहित वातावरणमा भोट दिन पाउनुपर्छ । जनतालाई धम्क्याउन पाईन्छ ? धम्क्याएर भरमा भोट लिन खोज्ने यी आचारसंहिता विपरित हो कि होईन ? निर्वाचन आयोग कराई राखेको छ आचारसंहिताको कुरामा । सानातिनालाई पायो भने कारबाही गर्न बेर लाउदैन । गठबन्धनभन्दा बाहिरका लागि कारबाही गर्न बेर लाउँदैन । तर, गठबन्धनका लागि जे गाएपनि ठिक छ, जसरी नाँचे पनि ठिक छ ।’

अध्यक्ष ओलीले काँग्रेस नेताहरुले जसलाई भोट मागेपनि हुने तर कार्यकर्ताहरुले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता विक्रम पाँण्डेले राष्ट्रवादी शक्तिहरुबीच एकतावद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा आफ्नो पार्टी र एमालेबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अघि बढनुपरेको बताउनु भएको थियो ।