• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

प्रधानमन्त्री पदका लागि देउवाले काँग्रेस सिध्याउन थाले अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गर्नु भएको छ ।

आईतबार चितवनमा आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि काँग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन् भनि प्रश्न समेत गर्नु भयो । उहाँले काँग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि पटकपटक जिकीर गर्नु भयो । प्रचण्डले केही दिन अघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न काँग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरित हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गर्नु भयो ।

उहाँले प्रचण्डले सृजना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनि निर्वाचन आयोगले भनेपनि कारबाही भने गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनबाहेकलाई मात्रै निर्वाचनको आचारसंहिता लगाउने गम्भिर आशंका पनि व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘काँग्रेसका कार्यकर्ताहरुको छाती विस्याएर बस्नु भएको होला पीडाले । काँग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन । के हेरेर बसेका छन, कार्यकर्ता, नेताहरु ? पार्टी त सिद्धियो काँग्रेसको । एउता नेताको भाषण कस्तो थियो, तपाईहरुले सुन्नु भो नि ।

चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दूर्घटना हुन्छ । रुखवाला साथीहरुले खुरुखुरु राजीखुसीले हसिँया हतौडामा भोट हाल्दैनन् भने दूघर्टना हुन्छ । थपक्क भोट हालेर मेरी छोरी जिताएभने म खुसी हुन्छु । उत्साहित हुन्छु । १०, १५, २० वर्ष गठबन्धन टिकाई दिन्छु । धम्क्याएको हेर्नुस्त । जनतालाई धम्क्याउने, धम्क्याउने बानी अझसम्म गएनछ । धम्क्याई आएकाहरु, धम्क्याएर खाएकाहरु, अहिलेसम्म पनि धम्क्याउने बानी गएको रहेनछ । बानी भएपनि जमाना बदलियो अव । धम्क्याएर काम चल्दैन । जनताले बुझि सकेका छन । धम्कीको केही अर्थ छैन । र, म तपाईहरुलाई भन्न चाहन्छु–कसैले धम्क्याएर, दुर्घटना हुन्छ भनेर कुनै दुर्घटना केही हुनेछैन । दुृर्घटना होईन्, घटना हुन्छ । घटना के हुन्छ–गठबन्धनले नराम्ररी हार्छ । त्यही हो । अरु कुनै दुर्घटना हुनेवाला छैन । जनतालाई धम्क्याउनेहरुलाई म भन्न चाहन्छु–नत्र भन्ने । नत्रले के गर्छ, अन्तिममा चिसै पानीले नुहाउँछ ।

धम्क्याउनेलाई भोट नदिनुस । तर्साउनेलाई भोट नदिनुस । चिसै पानीले नुहाउँछ । केही हुनेवाला छैन । त्यसकारण तपाईहरुले नबुझ्नु भएको छैन । मैले एमालेका कार्यकर्ता भन्दा पनि एमालेका कार्यकर्ताहरु यसै उत्साहित हुनुहुन्छ । म नेपाली काँग्रेसका यहाँका कार्यकर्ताहरुप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु । कसरी मन थामेका होलान । प्रचण्डकी छोरीलाई जिताउनुपर्ने, अरुका छोरी जिताउनुपर्ने, जिन्दगीभरी आफै काँग्रेसमा हिँडेका साथीहरु विचरा, हेर्नुस्त । एउटा गित भनेजस्तै पोहोर पनि ढाँटेऊ आमा, यसपाली नि ढाँट्यौं भनेजस्तो । पाँच वर्ष अघि नै यिनैलाई भोट होल्ने, यसपटक पनि तिनैलाई भोट हाल्नु । फेरी जितायो भने काँग्रेसका साथीहरुले सुनि राख्नुस–फेरी प्रचण्डलाई जितायो भने उहाँ खुसी हुनुहुन्छ रे । उहाँ उत्साहित हुनुहुन्छ रे । र बीस वर्ष यही गठबन्धन टिकाउनु हुन्छ रे । भनेपछि काँग्रेसका साथीहरुको हालत के हुने भयो भने छोरी बोक, ज्वाई बोक, भाई बोक, भाईको पालो सकिएपछि भतिजो बोक । बोक्न तयार हुनुहुन्न भने नत्र । निर्वाचन आयोगले आदेश जारी ग¥यो फेरी । कसलाई गरेको आदेश जारी ।

पाँच दलका नेताहरु, ६ दलका नेताहरु सँगसँगै हिँडेर मञ्चमा एउटाले रुख चिन्ह बोकेको छ, अर्कोले अर्को चिन्ह बोकेको छ । निर्वाचन आयोग के भन्छ–आ–आफ्नो झण्डाबाहेक अरुको बोक्न पाईदैन । तपाईहरुले यहा देख्नु भयो नि । ककसले कस्को झण्डा बोके । अनि काँग्रेसका कार्यकर्तालाई धम्क्याउनका लागि कारबाही गर्छ रे अर्काको झण्डा बोक्यो भने । प्रचण्डलाई किन कारबाही नगरेको काठमाडौंमा सृजना सिंहलाई मत माग्दा ? शेरबहादुर देउवालाई यहाँ आएर रेणु दाहाललाई भेटदेऊ भनेर ।

अनि कार्यकर्ताले मन परेको ठाउँमा भोट दिए कारबाही हुने ? भयरहित वातावरणमा भोट दिन पाउनुपर्छ । जनतालाई धम्क्याउन पाईन्छ ? धम्क्याएर भरमा भोट लिन खोज्ने यी आचारसंहिता विपरित हो कि होईन ? निर्वाचन आयोग कराई राखेको छ आचारसंहिताको कुरामा । सानातिनालाई पायो भने कारबाही गर्न बेर लाउदैन । गठबन्धनभन्दा बाहिरका लागि कारबाही गर्न बेर लाउँदैन । तर, गठबन्धनका लागि जे गाएपनि ठिक छ, जसरी नाँचे पनि ठिक छ ।’

अध्यक्ष ओलीले काँग्रेस नेताहरुले जसलाई भोट मागेपनि हुने तर कार्यकर्ताहरुले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता विक्रम पाँण्डेले राष्ट्रवादी शक्तिहरुबीच एकतावद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा आफ्नो पार्टी र एमालेबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अघि बढनुपरेको बताउनु भएको थियो ।