६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नदी सभ्यताको सफाइलाई प्राथमिकतामा राख्ने उम्मेदवारका प्रतिबद्धता

नदी सभ्यताको सफाइलाई प्राथमिकतामा राख्ने उम्मेदवारका प्रतिबद्धता
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले नदी सभ्यताको सफाइलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बागमती सफाइ महाअभियानले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिका नगरप्रमुख पदका लागि नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले फोहरलाई घरबाटै वर्गीकरण गरेर नदीसम्म जान नदिने प्रतिबद्धता जनाउनुभयो । कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनःप्रयोग गरी मोहर आर्जन गर्ने गरी महानगरपालिकाले नीति निर्माण गर्ने उहाँको योजना छ ।

ढल व्यवस्थापन, वृक्षरोपण, नदी किनारलगायत सार्वजनिक जग्गाको संरक्षणलाई पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ थियो । पाँच दलीय गठबन्धनले सांस्कृतिक सहरका रुपमा परिचित काठमाडौँका सम्पदाको संरक्षणमा पनि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार केशव स्थापितले उपत्यकामा भित्रने सवारीलाई नाकामै सफाइ गरेर मात्र प्रवेश गर्ने कानुनी व्यवस्था गरी सफाइका लागि काम गर्ने बताउनुभयो । दुई हजार महिला स्वयंसेवक परिचालन गरेर राजधानीका नदी एवं सहर सफाइमा काम गर्ने उहाँको भनाइ थियो । यसअघि आफूले राजधानीका नदी सफाइ गर्ने सन्दर्भमा गरेको अध्ययन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि नेता स्थापितको थियो ।

महानगरपालिकामा विवेकशील साझा पार्टीका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार समीक्षा बाँस्कोटाले आफू नगरप्रमुखको पदमा पुगेपछि पहिलो काम नै फोहर व्यवस्थापन गर्नमा लगाउने बताउनुभयो । प्लाष्टिक कम प्रयोग गर्ने गरी महानगरमा नीति निर्माण गरिने उहाँको भनाइ थियो ।

यसैगरी काठमाडौँ महानगरपालिकाकै नगरप्रमुख पदका उम्मेदवार सुशील थापा र उपप्रमुख पदका उम्मेदवार रिंकु श्रेष्ठले अरु देशमा खुला स्थानमा थुक्दा पनि कारबाही हुने सुनाउनुहुँदै महानगरमा पनि त्यो व्यवस्था कार्यान्वयन गराउने प्रतिबद्धता जनाउनुभयो । महानगरपालिकामा नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार रविकान्त मानन्धरले पानी र ढलको व्यवस्थापन एक अर्कामा अन्तर सम्बन्धित रहेकाले दुवैको व्यवस्थापनमा काम गर्ने आफ्नो कार्यक्रम सुनाउनुभयो ।

ललितपुर महानगरपालिका नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले व्यक्ति व्यक्तिलाई सफाइ शिक्षा दिएर नदी सफाइका लागि जागरण ल्याउने बताउनुभयो । कार्यक्रममा काठमाडौँ उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारलाई बोलाइएको जानकारी आयोजकले गराएपनि अरु पालिकाका उम्मेदवार भने आएनन् ।

सो अवसरमा पूर्व मुख्य सचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा हालसम्म २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको जानकारी दिनुभयो । महाअभियानमा १५ लाख स्वयंसेवकले सहभागी भएर सफाइ गरिसकेको जनाइएको छ । महाअभियान नौ वर्ष पूरा गरी १० वर्षमा प्रवेश गर्न लागेको जानकारी पनि सो अवसरमा गराइएको थियो । रासस