काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने देउवा सरकारको साउन १९ गतेको निर्णय फाइल झिकाउन आदेश दिएको छ ।
सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले भूमिसम्बन्धी समस्या आयोग विघटन गर्ने निर्णय फाइल झिकाउन आदेश दिएको हो ।
सो आदेशसँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्ति सम्बन्धी निर्णयको फाइल समेत मगाइएको छ ।
गत भदौ २५ मा देउवा सरकारले तत्कालीन आयोग विघटन गरेर नयाँ आयोग गठन गरेको थियो । २९ मा नयाँ आयोग गठन गरिएको थियो जसको नेतृत्वमा केशव निरौला रहेका थिए । ।
तत्कालीन आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार काठमाडौंलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।