२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देशमा अलच्छिन पस्यो, जरैसमेत उखेलेर टकटक्याएर फाल्नुपर्छः अध्यक्ष ओली



file
अ+ अ-

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि देशमा अलच्छिन पसेको टिप्पणी गरेका छन् ।

आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

सरकारले पैसा छैन भनेको बताउँदै विकासे आयोजनाका बजेट काटेकोमा असन्तुष्टि जनाउँदै एमालेले कहिल्यै पैसा छैन नभनेको ओलीले दावी गरे ‘यो बाटो चौडा गर्न पैसा छैन भनेन, मेडिकल कलेजका लागि पैसा छैन भनेन, अर्को सभागृहका लागि पैसा छैन भनेन, अरु बाटाहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन ।’

उनले अगाडी भने, ‘कस्तो अलच्छिन पस्यो देशमा ? देशमै अलच्छिन पस्यो । यो ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर र टकटक्याएर फाल्नुपर्छ’,

यस्तै, आफू देशभरका कार्यक्रममा जाँदा जनताले मुलुकमा पाँच दलीय गठबन्धन छ भन्ने नै थाहा नभएको भन्दै एमाले मात्रै छ भन्ने जनताले बुझेको दाबी गरे ।