६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सिर्जना सिंह सँग केशव स्थापितको तुलना गर्न मिल्दैन: निर शाह

सिर्जना सिंह सँग केशव स्थापितको तुलना गर्न मिल्दैन: निर शाह
अ+ अ-

काठमाडौ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु¥याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताउनुभएको हो । उहाँले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताउनुभयो । आफु काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान पु¥याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं ऐतिहासिक शहर हो । विश्व सम्पदा सूचिमा पनि परेको छ । यस शहरका थुप्रै आफ्नै मौलिक सभ्यताहरु, सम्पदाहरु छ । यहाँका मुर्तिकला, बास्तुकला, चित्रकला, यहाँका नाटकहरु, अरु कलाकारिता भैरवनाथदेखि यहाँका कलाकारिता पनि आफ्नै मौलिक छ । तर त्यो लोप हुने अवस्थामा गइराखेको छ । कसरी गइराखेको छ भने स्थानीय सरकारले ध्यान नपु¥याउँदा र उसले पहल नगर्दा खालि राजनीतिमात्र गर्दाखेरी यस्ता चिजहरु सबै लोप हुन गइराखेको छ । त्यो उजागर गर्न र त्यसलाई संरक्षण र सम्र्वद्धन गर्न मेरो सधैँ पहल हुनेछ र म गर्छु ।’

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहसँग अर्का उम्मेदवार केशव स्थापितको तुलना गर्न नमिल्ने बताउनुभयो । सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उहाँले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताउनुभयो । पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि उहाँको तत्कालिन पार्टीले सो पदमा पठाएको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तिनै निमित्त राजाले संसारभरको सुख, सुविधा दिएर तिनलाई सरकारी राज्यकोष प्रयोग गर्न पाउने गरीकन यही मेयर पदमा नियुक्त गर्नुभएको होइन ? नजरबन्दमा रहने नेत्री सिर्जना सिंहसँग राजाको राज्यकोषबाट सुविधा भोग्ने मान्छेको कुनै तुलना हुन्छ ? यो एउटा प्रशंग र एउटा तुलना नै कसले हाम्रो प्रतिनिधिका रुपमा हामीले छनौट गर्नुपर्छ भन्ने कुरालाई निर्णय गर्नका लागि पर्याप्त छ । तर यस बारे धेरै चर्चा हुने गरेको मैले सुनेको छैन ।

त्यहाँ दुईवटा कोणहरुबाट काम भएको मैले बुझ्दछु । उहाँलाई, नाम लिइराख्नु आवश्यक छैन । हाम्रो सिर्जना सिंहजीको प्रतिद्वन्दीलाई राजासँग गहिरो सम्बन्ध स्थापना गर्नका लागि यि बा बादीहरुले नै स्थापित गरेका हुन् त्यहाँ । ताकी भोली दुनो आफुतिर सोझीयो भनेदेखि त्यसबाट प्राप्त गर्ने सम्पूर्ण सुख, सुविधाहरु त्यो नाम गरेको पार्टीले प्राप्त गर्न सकोस् । त्यो एउटा एङ्गल थियो । नत्रभने त्यति सहजै त्यो मानिसले त्यहाँबाट राजीनामा गर्ने, राजीनामा गरिसकेपश्चात फेरी त्यही पार्टीको विभिन्न पदमा घरीघरी पुरस्कृत हुने त्यो इतिहासको बारेमा चिन्तन गर्नु पर्दैन ? अवश्य गर्नुपर्छ ।’

उहाँले काठमाडौं महानगरपालिकाको मेयरमा सिंहलाई विजयी गराउनुपर्ने बताउनुभयो ।