६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको पक्षमा भोट माग्ने ५ प्रेस संगठनका अध्यक्षलाई निर्वाचन आयोगको स्पष्टीकरण



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले सत्ता गठबन्धनको पक्षमा मतदान गर्न अपिल गर्ने ५ प्रेस संगठनका अध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेललाई निर्वाचन आयोगले आइतबार स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत भनेका छन् ‘स्वतन्त्र पत्रकारहरूको पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरूले विज्ञप्ती जारी गर्नु निर्वाचन आचार संहिता विपरीत हुन्छ कि हुँदैन , स्वतन्त्र पत्रकारहरूको पेशागत संगठनको अध्यक्षर सचिवले कुनै अमुक राजनीतिक दलकोरदलहरूको पक्ष वा विपक्षमा जारी गर्न मिल्छ कि मिल्दैन ?’ उल्लेख गरिएको छ।

आयोगले २४ घन्टा भित्र जवाफ पेश गर्न भनेको छ ।