५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको पक्षमा भोट माग्ने ५ प्रेस संगठनका अध्यक्षलाई निर्वाचन आयोगको स्पष्टीकरण



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले सत्ता गठबन्धनको पक्षमा मतदान गर्न अपिल गर्ने ५ प्रेस संगठनका अध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेललाई निर्वाचन आयोगले आइतबार स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत भनेका छन् ‘स्वतन्त्र पत्रकारहरूको पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरूले विज्ञप्ती जारी गर्नु निर्वाचन आचार संहिता विपरीत हुन्छ कि हुँदैन , स्वतन्त्र पत्रकारहरूको पेशागत संगठनको अध्यक्षर सचिवले कुनै अमुक राजनीतिक दलकोरदलहरूको पक्ष वा विपक्षमा जारी गर्न मिल्छ कि मिल्दैन ?’ उल्लेख गरिएको छ।

आयोगले २४ घन्टा भित्र जवाफ पेश गर्न भनेको छ ।