६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा मिठाइ खाएका माओवादी उम्मेदवारहरु बिरामी



अ+ अ-

सर्लाहीको हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएर बिरामी भएका छन् । बिरामी भएपछि उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

आइतबार दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरु बिरामी भएका थिए । बिरामी भएलगत्तै उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाही जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार शेख इस्तिहार र सोही वडाका अन्य दुई वडा सदस्यका उम्मेदवार बिरामी भएका थिए ।