२ पुष २०८२, बुधबार
,
Latest
संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले आगामी जेठ ३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते अपराह्न ४ बजे बैठक बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

संविधानबमोजिम आगामी जेठ १५ गते सरकारले आगामी वर्षको आर्थिक वर्षको बजेट संसद्मार्फत सार्वजनिक गर्नुपर्ने छ । बजेट सार्वजनिक गर्नुअघि सरकारले बजेटबारे छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने परम्परा छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन बोलाउने कानूनी व्यवस्था रहेको छ ।