१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगायो, को–को बन्दैछन् मन्त्री ?



अ+ अ-

काठमाडौं । अन्ततः नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । 

मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको छ । नेता नेपालले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठको नाम सिफारिस गरेका छन् । 

नेकपा एसको भागमा ६ मन्त्रालय परेको छ । यी ५ जनासहित बाँकी एकजनामा भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी रहेको बताइएको छ ।

सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा देउवा सरकारले आलोचना खेप्दै आएको छ ।