२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति दुर्घटनामा पर्छ भनेको हुँ, कसैलाई धम्क्याएको होइनः प्रचण्ड



अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भनेकोमा गलत अर्थ लगाइएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

कास्कीको पोखरामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता धम्क्याएको भनेर गलत अर्थ लगाइएको बताएका हुन् ।

शुक्रवार चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा प्रचण्डले गठबन्धन पराजित भए देशको राजनीति दुर्घटनामा जाने बताएका थिए ।

प्रचण्डले भने, ‘यो गठबन्धनले हारे राजनीतिक दुर्घटना हुन सक्छ भनेको थिएँ, जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ ।’