६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

 कामीरिता शेर्पाको २६ औं पटक सगरमाथा आरोहणको कीर्तिमान

 कामीरिता शेर्पाको २६ औं पटक सगरमाथा आरोहणको कीर्तिमान
अ+ अ-

काठमाडौँ । यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मि) हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो ।

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ । विभागको पर्वतारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि शुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिनुभयो ।

“सगरमाथामा रोप फिक्सिङको काम सकिएपछि सगरमाथा आरोहण सुरु भयो, कामीरिता शेर्पाले सगरमाथाको २६ पटक आरोहण गरेर कीर्तिमान बनाएको भन्ने जानकारी आएको छ, यसबारे विभागले प्रक्रिया पुर्याएर फेरिभाई गरेपछि मात्रै घोषणा गर्छौ”, उहाँले भन्नुभयो । निर्देशक उपाध्यायले कामीरिताको आरोहण सम्बन्धमा एजेन्सीमार्फत यो मितिमा यसरी चढेको भन्ने पूर्ण विवरणपश्चात मात्रै विभागले कीर्तिमानको घोषणा गर्ने बताउनुभयो । सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ । अहिले आरोहणका लागि मौसम राम्रो रहेको जनाइएको छ ।

सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेको हो । शनिबार साँझ ६ः५५ बजे सगरमाथाको चुचुरोमा पुगेर आरोहीले यो वर्षको आरोहण खुलेको सन्देश दिएका थिए । अघिल्लो वर्षको वसन्त आरोहण पनि वैशाख २४ गतेदेखि सुरु भएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कूल ३१६ जनाले आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ । यो सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुषसहित कूल ९१८ आरोहीले अनुमति पाएका छन् ।

अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ । नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एवम वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि उत्साह थपिएको बताउनुभयो ।

“अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो, पर्वतारोही विस्तारै बढिरहेका छन्”, उहाँले भन्नुभयो । वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोही ४०० हाराहारी थिए ।

एकिन तथ्याङ्क नभए पनि हालसम्म सगरमाथाको करिब आठ हजार आरोहीले आरोहण गरेको बताइन्छ । अहिलेसम्म कामीरिताले सगरमाथाको २६ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथा आरोहणका लागि मात्रै आफ्नो कम्पनीबाट १५० आरोही गन्तव्यमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले आरोहण सुखद हुने विश्वास छ । वसन्त यामको आरोहण उत्साहवद्र्धक रहेको छ ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मे ४ सम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३९ आरोही समूह रहेका छन । त्यस्तै अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि सात समूहले अनुमति लिएको छ । त्यस्तै अन्नपूर्ण (८०९१ मि) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा १३ आरोही समूहले आरोहण अनुमति लिएका छन् । हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४७ करोड ९२ लाख रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ । रासस