१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बुँदे कार्यन्वयन कार्यदलको संयोजकमा रावल, शंकर पोखरेल थपिए



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकका जिम्मेवारीे भीम रावललाई दिएको छ ।

स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गर्दै रावललाई संयोजक तोकेको हो । 

यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो । रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।




भर्खरै