११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाद्वारा पोखरामा गठबन्धनको चुनावी सभा बहिष्कार



अ+ अ-

पोखरा । सत्ता गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा पोखरामा हुन गइरहेको चुनावी सभालाई गठबन्धन दलकै जनता समाजवादी पार्टी (जसपा)ले भने बहिष्कार गरेको छ ।

सभामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागी छन् ।

गठबन्धनले गरेको सभामा सहभागी नहुनका लागि जनता समाजवादी पार्टीका पोखरा महानगर अध्यक्ष राजु क्षेत्रीले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले गठबन्धनमा सहभागी दलहरूलाई गठबन्धनको सभामा आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा प्रयोग नगर्न चेतावनी समेत पनि दिएका छन् ।

पोखरा महानगरपालिकामा वडा बाँडफाँडको विषयमा विवाद भएपछि जसपा गठबन्धनबाट बाहिरिएको हो ।

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयर पदमा नेपाली काँग्रेसकी कोपिला रानाभाट रहेकी छिन् ।