२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानका दिन खोप अभियान सञ्चालन नहुने



अ+ अ-

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका दिन कोरोना विरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरुमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने जानकारी गराएको छ ।

मन्त्रालयले निर्वाचनअघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सकेसम्म चाँडा कोभिड–१९ विरुद्ध खोप लगाई आफू र आफन्तलाई सुरक्षित राख्न सबैमा अनुरोध गरेको छ ।

साथै छिमेकी मुलुकहरुमा पछिल्ला दिनमा सक्रमण बढ्दै जाँदा नेपालमा जोखिम बढ्ने सम्भावना भएकाले सतर्क रहँदै जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।