२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.79

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द रहने



file
अ+ अ-

काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपालले यही वैशाख ३० गते निर्वाचनको मतदानका दिन सबै नियमित आन्तरिक उडानहरु बन्द रहने बताएको छ ।

संघले आइतबार एक सूचना जारी गर्दै निर्वाचन आयोगले यही वैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय निर्वाचन मतदानका दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेकाले सो दिन संघमा आबद्ध सबै सदस्य वायुसेवाहरुको नियमित आन्तरिक उडानहरु बन्द रहने जनाएको छ ।

आयोगले यही वैशाख २२ गते स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा उडान हुनेबाहेक अन्य आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।

संघले सो दिन आन्तरिक उडान बन्द हुँदा यात्र महानुभावमा पर्न जाने असुविधाप्रति क्षमायचना गरेको छ ।