• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

एमाले उम्मेदवारमाथि भोजपुरमा खुकुरी प्रहार



भोजपुरको षडानन्द नगरपालिकामा नेकपा (एमाले) उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । शनिबार राति वडा नं १० मा एमालेबाट महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

उनीमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताउनुभयो । टाउको गम्भीर चोट लागेर घाइते भएकी तामाङलाई चार टाँका लगाइएको बताइएको छ ।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको बताएको छ । उपचारपछि घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रनाउ राईले बताउनुभयो ।

यसैबीच सो नगरपालिकाअन्तर्गत नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकाल्दै तामाङमाथि भएको आक्रमणको भत्र्सना गरेका छन् । निर्वाचन प्रभावित पार्न यस्ता खालका घटना हुन नदिन आह्वान गर्दै उनीहरुले घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।