२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी काउन्सिलको कारबाही



अ+ अ-

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ ।

निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो ।

काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार बिनादर्ता सञ्चालित न्यूज पोर्टलहरूले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गरेपछि कारवाही गरिएको हो । आचारसंहिता उल्लङ्घन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको काउन्सिलले जनाएको छ । चैत २५ गतेदेखि वैशाख २२ गतेसम्म अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, यस अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई आचारसंहिता कार्यान्वयनमा गम्भीर बन्न निर्देशन गरिएको काउन्सिलले जनाएको छ ।

सोहीअनुसार यस अवधिमा ८ वटा सञ्चार माध्यमलाई लिखितरूपमा सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिए ।

काउन्सिलकाअनुसार यस अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने चार वटा सञ्चार माध्यमसँग स्पष्टीकरणसहित जवाफ माग गरिएको छ । त्यस्तै, ११ वटा पत्रपत्रिकालाई आचारसंहिता कार्यान्वयनमा निर्देशन दिइएको छ । एक पत्रिकालाई सचेत गराइएको र एक पत्रिकालाई ध्यानाकर्षण गराइएको बोहराले जानकारी दिनुभयो । त्यस्तै, ८ वटा रेडियोलाई निर्देशन र दुई वटालाई ध्यानकर्षण गराएको काउन्सिलले जनाएको छ । सोहीअनुसार एक टेलिभिजनसँग स्पष्टीकरणको जवाफ माग, ६ वटालाई निर्देशन, २ वटालाई सचेत गराइएको छ । सोहीअनुसार आचारसंहिता प्रतिकूल समाचार तथा सूचना सम्प्रेषण गर्ने १४ जना पत्रकारलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।