६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली

१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली
अ+ अ-

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।

आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारवाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारवाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीयरुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह—पूर्वाग्रह नराखी ऐन, कानूनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ १७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली प्रमुख आयुक्त थपलियाले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारवाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारले अमुक दलको झण्डा प्रदर्शन गर्ने, एक उम्मेदवारलाई प्रयोग गर्न दिइएको गाडी अर्काे उम्मेदवारले प्रयोग गर्ने, मतदातालाई धम्की वा आश्वासनको प्रभावमा पार्ने कामहरू पनि भइरहेकाले निर्ममतापूर्वक कारवाही गर्न पनि उनले निर्देशन दिए ।

प्रमुख आयुक्त थपलियाले मतदाताको निर्वाध मत खसाल्न पाउने अधिकारलाई सुनिश्चित गर्नु आयोगको दायित्व भएकाले मतदान वा मतगणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी स्थितिलाई सामान्य तुल्याउन, सहजीकरण रसमन्वय गर्न टोलीलाई आग्रह गरे ।

उहाँले सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सम्पन्न हुने भएकाले सो अवधिभित्र मतगणना सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति खटाइएकाले आयोगका कारणले गणनामा ढिलाइ हुन नहुने पनि स्पष्ट गरे ।

आयोगका आयुक्त एवं केन्द्रीय अनुगमन समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले ‘सानो तर स्मार्ट’ अनुगमन टोली खटाइएको बताउँदै कुनै दलले जित्ने वा हार्ने बाहनामा गणना कार्य रोकाउन नहुने र तोकिएको समयमा कुनै दल र उम्मेदवारका प्रतिनिधि बस्न नआए पनि गणना प्रक्रिया सुरु गराउन आग्रह गरे ।

आयोगका योजना, अनुगमन तथा वैदेशिक समन्वय शाखाका उपसचिव कमल भट्टराईले खटाइएका टोलीका लागि तोकिएका जनशक्ति र आवश्यक स्रोत सामग्री उपलब्ध गराइएको र टोलीले तत्कालै स्थलमा पुगेर कार्य प्रारम्भ
गर्ने बताए ।