२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिको मैदानमा पत्रकार: सत्ता गठबन्धनलाई मत माग्दै विज्ञप्ति



अ+ अ-

काठमाडौ। सत्तारुढ गठबन्धन आवद्ध पाँच पत्रकारको संगठनले वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।

केही दिन अघि मात्र नेपाल पत्रकार महासंघले एक बिज्ञप्ति जारी गर्दे आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघ पुनः सबै सदस्यलाई हार्दिक आहृवान गरेको थियो । महासंघले सधै साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा महासंघको गरिमा, साख र साझा चरित्रलाई बचाउने कार्यमा हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ । महासंघले आफ्ना सदस्यको हरेक भूमिका र गतिविधिहरूलाई नजिकबाट नियालिरहेको जनाएको थियो ।

महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघ आहृवान गरेको थियो ।
निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ । यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गरेको थियो ।


तर महासंघकै नेतृत्वमा रहेका पदाधिकारीहरु आबद्ध संगठनले गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत बिज्ञप्ति जारी गरेका हुन् ।

बिज्ञप्ति जारी गर्नेमा बद्री सिग्देल, अध्यक्ष, नेपाल प्रेस यूनियन , विष्णु सापकोटा, अध्यक्ष, प्रेस सेन्टर नेपाल, शम्भु श्रेष्ठ, अध्यक्ष, समाजवादी प्रेस संगठन, केशव अर्याल, अध्यक्ष, प्रेस मञ्च नेपाल, श्यामलाल पोखरेल, सचिव, प्रगतिशील पत्रकार संघ, नेपाल रहेका छन् ।