६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सुदूरपश्चिममा केन्द्रित हुँदै ठूला दलका शीर्षनेता

सुदूरपश्चिममा केन्द्रित हुँदै ठूला दलका शीर्षनेता
अ+ अ-

डोटी । आफ्ना उम्मेदवारहरूका लागि भोट माग्न पछिल्लो समय सुदूरपश्चिका जिल्लामा ठूला दलका शीर्ष नेता आउने होडबाजी जस्तै भएको छ । यही वैशाख २६ गते डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आयोजना गर्न लागेको चुनावी आमसभालाई सम्बोधन गर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

उता यही वैशाख २६ गते डोटी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जोरायल गाउँपालिका–४ सिलिङबागमा हुने नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) को संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) का डोटी जिल्ला इन्चार्ज शिवसिंह ओलीले जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वैशाख २२ गते कैलालीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न आउनुभएसँगै अन्य दलका शीर्ष नेताहरू पनि अहिले सुदूरपश्चिम आउने क्रम बढेको हो । यसै सिलसिलामा भोलि अर्थात् २५ गते आइतबार डोटीको जोरायल गाउँपालिका–४ सिलिङबागमा हुने एमालेको चुनावी आमसभालाई सम्बोधन गर्न एमालेका केन्द्रीय नेता लेखराज भट्ट आउने कार्यक्रम तय भएको सो पार्टीका युवानेता चित्रराज भट्टले जानकारी दिनुभएको छ ।

निर्वाचनका बेला मात्रै शीर्ष नेता जिल्ला आउने तथा अरू बेला फर्केर नहेर्ने प्रवृत्तिलाई सकारात्मक रुपमा लिन नसकिने यहाँका स्थानीयवासी बताउँछन् । आफ्ना जिल्लामा पार्टी केन्द्रीय स्तरका शीर्ष नेता आउनु भनेको राम्रो भएको तर विकासका काम लिएर आउनुभन्दा भोट माग्नकै लागि मात्रै आउने प्रवृत्ति राम्रो नभएको केआइसिंह गाउँपालिका–६ सलेनाका स्थानीयवासी जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका सुखदुःखका विषयमा जानकारी दिनुभन्दा ठूला दलका नेता भोट माग्नकै लागि मात्र आउन थाले यो राम्रो पक्ष होइन, हाम्रा दुःख कस्ले सुन्ने र हेर्ने ।”

आफ्ना चुनावी सभामा सम्बोधन गर्न शीर्ष नेताहरू आउने भएपछि अहिले ती पार्टीका नेता तथा कार्यकर्ताहरू नागरिकलाई चुनावी सभामा ल्याउनका लागि गाउँगाउँमा छिर्न थालेको स्थानीयवासी बताउँछन् । पार्टीका नेता कार्यकर्ताहरु आफ्ना शीर्ष नेता आफ्नो ठाउँमा आउने विषयमा प्रचारप्रसार गरिरहेका छन् ।

उता गाउँमा खेतीपातीको याम सुरु भएकाले शीर्ष नेताहरु आउने, नआउने विषयमा नागरिकले खासै चासो नलिएको जोरायल गाउँपालिका–६ का स्थानीयवासी एकेन्द्रबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा खेतीपातीको सिजन छ, कतिबेला असिना पर्छ र पाकेको खेती लैजान्छ जनतामा चिन्ता छ, ठूला नेता आउन नआउन हामीलाई के चासो, हाम्रा काम गर्ने होइनन् ।”

शीर्ष नेताहरू जिल्लामा आउने भएपछि यहाँका सुरक्षाकर्मीलाई शीर्ष नेताका सुरक्षा दिनका लागिसमेत समस्या भएको बताइएको छ । “एकतिर निर्वाचनको सुरक्षा अर्को तिर ठूला नेताको सुरक्षा”, एकजना सुरक्षा अधिकारी भन्नुभयो, “कहाँ कहाँ सुरक्षा दिन सक्नु, थोरै जनश्क्ति छ, हामीलाई गाह्रो भएको छ ।” यहाँका पार्टीका नेताले दलहरूबीचको प्रतिस्पर्धा तथा नागरिकमाझ आफ्नो राम्रो छाप पार्नका लागि भए पनि शीर्ष नेताहरू जिल्लामा ल्याउन थालेको कतिपयको बुझाइरहेको छ । बिमल बिष्ट /रासस