• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

भरतपुरका १ सय ३६ कांग्रेस कार्यकर्ताद्वारा संयुक्त राजिनामा



चितवन । नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन् ।

भरतपुर महानगरमा स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका कांग्रेस चितवनका नेता जगन्नाथ पौडेलसहितका नेतालाई कारबाही गरेकोमा असन्तुष्टि जनाउँदै उनीहरूले राजिनामा दिएका हुन् ।

जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ ।

राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेको बताइएको छ ।