६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बुटवल पुगेर प्रधानमन्त्री भन्नुहुन्छः जनताले पाँच वर्षलाई निर्वाचित गरेको संसद बचाउन गठबन्धन

बुटवल पुगेर प्रधानमन्त्री भन्नुहुन्छः जनताले पाँच वर्षलाई निर्वाचित गरेको संसद बचाउन गठबन्धन
अ+ अ-

बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता बनेको बताउँदै सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायीरूपमा जोगाउन पनि गठबन्धन आवश्यक रहेको बताउनुभएको हो ।

नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको पनि स्पष्ट गर्नुुभयो ।

उहाँले नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको धारणा पनि राख्नुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विपक्षी राजनीतिक दलहरुले सरकारका कामको विरोध जनाउँदाबित्तिकै संसद् भङ्ग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाइएकोसमेत स्पष्ट पार्नुभयो ।

उहाँले जनताले पाँच वर्षका लागि बनाएको संसद्लाई प्रधानमन्त्रीको विरोध ग¥यो कि संसद् भङ्ग गरिदिने गरेको बताउँदै तर अहिलेको संविधानले जथाभावी संसद् भङ्ग गर्ने व्यवस्था नै नगरेको भएपनि उहाँले यसको हेक्का नराखेको आरोप लगानुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “लहडका भरमा संसद् भङ्ग गर्न संविधानले दिँदैन, अदालतले न्याय गरेर संसद् पुनःस्थापना गरिदियो तर, संसद् चल्न दिइएको छैन ।”

प्रधानमन्त्री देउवाले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो । त्यसैले पनि गठबन्धन वर्तमान अवस्थामा राष्ट्रिय आवश्यकता रहेको उहाँको तर्क थियो ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै संसदबाट एमसिसी पास भएपछि नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताउनुभयो । यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढङ्गले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उहाँको भनाई थियो ।

प्रधानमन्त्री देउवाले एमसिसीले सबैभन्दा फाइदा यसै क्षेत्रका जनतालाई हुने बताउँदै यो परियोजनाले बुटवलदेखि भालुवाङ हुँदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुने बताउनुभयो ।

उहाँले देशैभरिका भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारले भूमि आयोग गठन गरेर आयोगले सक्रियतापूर्वक काम गरिरहेको र छिट्टै सुकुम्बासी समस्या समाधान हुने जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले बुटवलको समग्र विकासका लागि वर्तमान सरकार सदैव तयार रहेको बताउँदै बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र सडकको समस्या समाधानका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह पनि गर्नुभयो ।