६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाको साथ लिएर काठमाडौँका फोहोर ढुवानी सुरु



अ+ अ-

काठमाडौ । बैशाख ११ गतेदेखि अवरुद्ध फोहोर ढुवानी आजबाट सुरु भएको छ । काठमाडौँ महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ लिएर फोहोर ढुवानीलाई नियमित गरेको हो । वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईकाअनुसार सडक निर्माणको माग राखेर स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रोे पटक हो ।

‘स्थानीय मागका विषयमा बैशाख २२ गते गरिएको छलफलमा आन्दोलनरत पक्षले कुनै पनि शर्तमा फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो ।’ निमित्त विभागीय प्रमुख राई भन्नुहुन्छ, ‘यसपछि सुरक्षा निकायको साथ महसुस भएको हो । त्यसपछि हामीले गृह मन्त्रालयलाई अवस्थाका विषयमा जानकारी गराएर सहयोग मागेका हौँ ।’ उहाँ भन्नुहुन्छ, ‘आज मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिनुभएको छ । आज दिनभरि प्रहरी परिचालन गरिएको थियो । विहान १०ः३० बजेसम्ममा करीव १४६ ट्रक फोहोर खसालिसकियो । आज दिनभर फोहोर ओसार्ने योजना छ ।’

यसअघि स्थानीयबासीले सडक कालोपत्रे हुनु पर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सुचारु गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्ने गरिएको थियो । फागुन र चैत महिनाको अवरोधमा ३३ दिन फोहोर संकलन हुन सकेको थिएन । यसपटक बैशाख ११ गते रोकिएको आजबाट खोलिएको छ ।

पटक पटक फोहोर ढुवानीमा समस्या आएपछि महानगरको वातावरण तथा कृषि विभागले जैविक फोहोरलाई घरमै व्यवस्थापन गरेर सहयोग गर्न महानगरबासीलाई आग्रह गर्दै आएको छ । विभागका निमित्त प्रमुख राईले, जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने योजना सुनाउनुभयो ।

सडक निर्माणलगायत माग राखेर फोहोर ढुवानीमा स्थानीयबाट अवरोध भएपछि गएको फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यस अघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो ।

यही दिन काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ¥यापिड एक्सन टाक्सफोर्स गठन भएको छ । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी र व्यवहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौँ महानगरको हो ।