६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वीरगञ्जमा गठबन्धन दलको प्रतिबद्धताः भ्रष्टाचारमा शून्य सहनशीलता

वीरगञ्जमा गठबन्धन दलको प्रतिबद्धताः भ्रष्टाचारमा शून्य सहनशीलता
अ+ अ-

वीरगञ्ज । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलतासहितका योजना समेटिएको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारद्वय राजेशमान सिंह र ईम्तीयाज आलमको प्रतिबद्धता पत्रमा करको पुनरावलोकन गरी कर घटाउने कार्यलाई प्राथमिकता दिइएको छ । यस अगावै निर्धारण गरिएको करबाट नगरबासीलाई राहत दिनेगरी पाँच दलीय गठबन्धनको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक भएको हो । महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल भएको छ । निर्वाचनमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर चुनावी तालमेल भएको छ ।

गठबन्धनका उम्मेदवारको तर्फबाट सार्वजनिक गरिएको साझा प्रतिबद्धताअनुसार सुशासनलाई सेवा प्रवाहको मूल मन्त्र बनाइने जनाइएको छ भने भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै प्रशासनिक खर्च कटौती गरी बिकास बजेटमा वृद्धि गर्ने उल्लेख गरिएको छ । यस्तै गठबन्धनले वीरगञ्जलाई मेडिकल हबको रुपमा विकास गर्दै प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ्ग सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण, निःशुल्क आँखाको शल्यक्रिया र सहुलियत दरको एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ ।

पूर्वाधार विकासमा नेपालमै नमूना हुने गरी व्यवस्थित गोदाम, पार्किङलगायत सुविधा सहितको ट्रान्सपोर्ट नगर स्थापना गर्ने, घण्टाघरमा ओभर ब्रिज निर्माण, चक्रपथमार्फत वीरगञ्ज महानगरका ३२ वटै वडालाई सडकसञ्जालमा जोड्ने योजना पनि घोषणा पत्रमा समेटिएको छ । युवालाई स्वरोजगार बनाउनेदेखि उद्योगमैत्री नीति निर्माण, बन्द रहेका वीरगञ्ज चिनी कारखाना, कृषि औजार केन्द्र लगायतलाई सञ्चालन गर्न पहल गर्ने योजना समावेश गरिएको छ । श्रम सम्मान परियोजना सञ्चालन गर्ने, सीप विकास तालिम केन्द्रको स्थापना, व्यावसायिक क्षेत्रको विवाद समाधान गर्न विवाद समाधान तथा व्यापार कल्याण बोर्डको स्थापना गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाको लागि विद्यालय भर्ना अभियान गर्नुका साथै सरकारी विद्यालयको गुणस्तर बृद्धि, शिक्षकलाई तालिम र विद्यार्थीलाई नैतिक शिक्षामा जोड दिइएको छ । ठाकुरराम क्याम्पसको पूर्वाधार विकासमा सहयोग गर्नुका साथै वीरगञ्ज विश्वविद्यालय निर्माणको पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । महानगरका सामुदायिक तथा सरकारी विद्यालयमा प्राविधिक शिक्षामा जोड दिँदै नयाँ पूर्ण प्राविधिक विद्यालय स्थापना गरिने जनाइएको छ । गरिब तथा विपन्न नागरिकका लागि निशुल्क सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नुका साथै ग्रामीण क्षेत्रमा कन्या मावि तथा कलेजको स्थापना गर्ने योजना अघि सारिएको छ ।

यसैगरी पानी र बिजुलीको न्यूनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न नागरिकको महसुल वीरगञ्ज महानगरले व्यहोर्ने र कृषियोग्य जग्गामा मालपोत बाहेकको कर हटाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाइ घरदैलो अभियान नै चलाउने जनाइएको छ भने सफाइकर्मी आए/नआएको र फोहर सङ्कलन भए÷नभएको गुनासो सुन्न संयन्त्र बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । डुबान समस्याको स्थायी समाधान, बजार क्षेत्रमा नयाँ शौचालय निर्माण, वृक्षरोपण, पार्क निर्माण, कालो झोला नियन्त्रण, अव्यवस्थित तार व्यवस्थापन र सिर्सिया नदीको प्रदूषण नियन्त्रण जस्ता विषयलाई प्राथमिकताको साथ राखिएको छ ।

विविध कारणले कृषकको बालि तथा पशुधन नष्ट हुँदा राहत पाउने गरी निशुल्क कृषि तथा पशुधन विमाको कार्यक्रम पनि अघि सारीएको छ । सरकारी स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्दै सुलभ दरको स्वास्थ्य सेवामा जोड दिने र न्यूनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमाको योजनाअघि सारिएको छ ।

अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्न महानगरको छुट्टै ट्राफिक प्रहरीको स्थापना, फुटपाथ व्यवस्थापन, छाडा चौपाया नियन्त्रण तथा भाडाका सवारीको रुट तथा सङ्ख्याको सिमा निर्धारण गरिने गठबन्धनले जनाएको छ । महिलालाई पुरुष समान ज्याला, हिंसा पीडित महिला तथा बालबालिकालाई निशुल्क कानुनी परामर्श सेवा, गर्भवतीलाई पोषण भत्ता, निशुल्क ग्यास चुल्हो वितरण जस्ता कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

यस्तै खेल मैदानको स्तरोन्नति, खेलाडिलाई प्रोत्साहन भत्ता, रोजगारी र सम्मानको विषयलाई पनि गठबन्धनले प्राथमिकतामा राखेको छ । सहिद परिवारको सदस्यमध्ये एक जनालाई महानगरमा रोजगारी, वीरगञ्जमा साहित्य महोत्सवको आयोजना, कमजोर आर्थिक अवस्थाका ज्येष्ठ नागरिकलाई आस्थाअनुसार धार्मिक भ्रमणको व्यवस्था गर्ने जनाइएको छ ।

यसका साथै स्थानीय सञ्चारकर्मीको क्षमता अभिबृद्धिका लागि अध्ययन–भ्रमण र फेलोसिपको व्यवस्था गर्नेसमेत गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ । पत्रकारलाई दुर्घटना तथा स्वास्थ्य बीमा, लोककल्याणकारी विज्ञापन र उत्कृष्ट कार्य गर्ने पत्रकारलाई पुरस्कार तथा सम्मान व्यवस्था गर्ने लगायतको विषय समेटिएको छ ।