६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमालेको जनाधार देखेर गठबन्धनका नेताहरु रद्यै हिडेका छन्: उपाध्यक्ष पौडेल

एमालेको जनाधार देखेर गठबन्धनका नेताहरु रद्यै हिडेका छन्: उपाध्यक्ष पौडेल
अ+ अ-

कपिलवस्तु । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन रुदै हिडेको बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्वारा बनगाईमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेको जनाधार देखेर गठबन्धनका नेताहरू तिलमिलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘जनाधार भएको एमालेले देशब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा शानदार विजय हासिल गर्छ ।’

उहाँले बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसँगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आह्वान हुने बताउनुभएको छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले आफु अर्थमन्त्री हुँदा सो सडकको अगुवाई गरेको जानकारी गराउनुभयो । नेता पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र स्थायी रुपमा समाधान गर्ने दावी गर्नु भयो ।

नेता पौडेलले नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य डा। धर्मराज भट्टराईसहितका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने १०१ जनालाई स्वागत गर्नुभयो ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणि अर्यालले सातवटा गाविस मिलेर निकै कमजोर भौतिक पूर्वाधारको अवस्थामा नगरपालिका बनेको चर्चा गर्दै पाँचवर्षको अवधिमा आफुहरुबाट दुईसय किमिभन्दा बढी सडक कालो पत्रे, तीन सय किमिभन्दा वढी ग्रावेल, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकीका भवन निर्माणको काम भएको बताउनुभयो ।